शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

नेविसंघ अध्यक्ष शेर्पालाई गगन समूहले बुझायो ज्ञापनपत्र

मङ्गलबार, १५ फागुन २०८०, १४ : ५४
मङ्गलबार, १५ फागुन २०८०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा समूहले नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पालाई ज्ञापनपत्र बुझाएको छ । थापा निकट नेविसंघ केन्दीय सदस्य बिजय ढुंगानाको नेतृत्वको टोलीले मंगलबार अध्यक्ष शेर्पालाई ६ बुँदे ज्ञापनपत्र बुझाएको हो । अध्यक्ष शेर्पाले नेविसंघको प्रथम केन्द्रीय समिति बैठक बोलाएका थिए । तर आन्तरिक विवादले केन्द्रीय समिति बैठक अनिश्चित छ । सहमतिका लागि थापा समूहले सङ्गठनभित्र विधि, विधान र पार्टीको निर्णय विपरीत भएका मनोनयन र नियुक्तिको खारेजीको माग गरेको छ । यस्तै कार्यसम्पादन समिति लगायत विभाग तथा समितिको गठन र  स्वरूपका विषयमा छलफल हुनपर्ने उनीहरुको माग छ ।

नेविसंघको विधान संशोधन एवं परिमार्जन, केन्द्रीय निर्वाचन समिति र महाधिवेशनको मिति र कार्यतालिकाबारे अध्यक्षको ध्यानाकर्षण गराएको ढुंगानाले बताए ।
 नेविसंघको कार्यक्रम, अभियान, बैठकको प्रक्रिया र तालिका तथा प्रस्तुत हुने प्रतिवेदन समेत बैठकमा उपस्थित सम्पूर्ण केन्द्रीय सदस्यलाई बैठक सुरु हुनु पूर्व उपलब्ध गराउनु पर्ने उनीहरुको माग छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप