नेविसंघ अध्यक्ष शेर्पालाई गगन समूहले बुझायो ज्ञापनपत्र
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा समूहले नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पालाई ज्ञापनपत्र बुझाएको छ । थापा निकट नेविसंघ केन्दीय सदस्य बिजय ढुंगानाको नेतृत्वको टोलीले मंगलबार अध्यक्ष शेर्पालाई ६ बुँदे ज्ञापनपत्र बुझाएको हो । अध्यक्ष शेर्पाले नेविसंघको प्रथम केन्द्रीय समिति बैठक बोलाएका थिए । तर आन्तरिक विवादले केन्द्रीय समिति बैठक अनिश्चित छ । सहमतिका लागि थापा समूहले सङ्गठनभित्र विधि, विधान र पार्टीको निर्णय विपरीत भएका मनोनयन र नियुक्तिको खारेजीको माग गरेको छ । यस्तै कार्यसम्पादन समिति लगायत विभाग तथा समितिको गठन र स्वरूपका विषयमा छलफल हुनपर्ने उनीहरुको माग छ ।
नेविसंघको विधान संशोधन एवं परिमार्जन, केन्द्रीय निर्वाचन समिति र महाधिवेशनको मिति र कार्यतालिकाबारे अध्यक्षको ध्यानाकर्षण गराएको ढुंगानाले बताए ।
नेविसंघको कार्यक्रम, अभियान, बैठकको प्रक्रिया र तालिका तथा प्रस्तुत हुने प्रतिवेदन समेत बैठकमा उपस्थित सम्पूर्ण केन्द्रीय सदस्यलाई बैठक सुरु हुनु पूर्व उपलब्ध गराउनु पर्ने उनीहरुको माग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण