अख्तियारमा २८ हजार उजुरी, सार्वजनिक जग्गा अतिक्रमण बढ्दो : प्रमुख आयुक्त राई
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सार्वजनिक जग्गा अतिक्रमण बढ्दो मात्रामा रहेको बताएका छन् ।
आयोगले यस्ता विषयमा सूचना प्रविधिमा आधारित रहेर अनुसन्धान गरिरहेका बताएका छन् । मंगलबार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा प्रमुख आयुक्त राईले अयोगले २८ हजार उजुरीमाथि अनुसन्धान गरिरहेको बताए ।
उनले वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचार बारेमा अनुसन्धान जारी रहेको बताए । बाहिरबाट सूचना लिनको लागि सरकारले चाँडो बाइलेक्टर सहमति गरिदिनुपर्ने बताए ।
यस्तै उनले टेरामक्स खरिदबारे अनुसन्धान भइरहेको र टेप काण्डको छानबिन गरिरहेको उल्लेख गरे । चमेलिया आयोजनाको टुंगो लगाउन बाँकी रहेको बताउँदै उनले वन उपभोक्ता समिति धेरै भएकोले उनीहरूमाथि अनुसन्धान गर्न कठिनाइ रहेको बताए ।
अख्तियारमा काम गर्न जनशक्तिको कठिनाइ रहेको बताउँदै उनले दुई वर्ष बसेपछि कर्मचारी बस्न नमान्ने अवस्था रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण