दुग्ध क्षेत्रमा देखिएका समस्या समाधानका लागि मन्त्री भुसाललाई सुझाव पत्र हस्तान्तरण
काठमाडौँ । नेपाल डेरी एसोसिएसनले दुग्ध क्षेत्रमा देखिएका समस्या समाधानका लागि कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसाललाई सुझाव पत्र हस्तान्तरण गरेको छ ।
एसोसिएसनले शुक्रवार आयोजित ‘वर्तमान अवस्थामा दुग्ध क्षेत्रमा देखिएका समस्या समाधान’ सम्बन्धी सरोकारवालाबिच भएको अन्तरक्रियाबाट आएका सुझावहरू मन्त्री भुसाललाई बुझाएको हो ।
मन्त्री भुसाललाई सुझाव पत्र हस्तान्तरण गर्न एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहाल, उपाध्यक्ष दीपप्रसाद धमाल र डेरी विज्ञ सुवास ढकाल सहितको टोली मन्त्री निवास पुगेको थियो ।
अध्यक्ष दाहालले पछिल्लो समय दुध तथा दुग्धजन्य पदार्थको बजार प्रवर्द्धनका लागि एसोसिएसनले पनि विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको मन्त्री भुसाललाई जानकारी गराएका थिए ।
‘हामीले आज उहाँको निवासमा पुगेर सो सुझावहरू बुझाएका छौँ । उहाँ पनि पछिल्लो समय दुग्ध क्षेत्रमा देखिएको समस्या समाधान गर्न तर्फ सकारात्मक हुनुहुन्छ,’ अध्यक्ष दाहालले भने, ‘तर अब नतिजा नआएसम्म जसले जे नै गरेको भए पनि पत्याउन नसकिने अवस्था रहेको कुरा हामी सबै सरोकारवालालाई महसुस भएको कुरा हो ।’
एसोसिएसनले दुध तथा दुग्धजन्य पदार्थको खपत बढाउन सेना, प्रहरीका खाना, विद्यार्थीको खाजा, खेलाडीको खानामा अनिवार्य रूपमा दुध दुग्धजन्य पदार्थ समावेश गरिनुपर्ने मन्त्री भुसालसँग माग गरेको छ । साथै एसोसिएसनले गर्ने हरेक किसिमका कार्यक्रममा मायाको चिनो स्वरूप दुग्ध पदार्थ वितरण गर्ने गरिएको कुरा उपाध्यक्ष धमलाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण