दुग्ध क्षेत्रमा देखिएका समस्या समाधानका लागि मन्त्री भुसाललाई सुझाव पत्र हस्तान्तरण

काठमाडौँ । नेपाल डेरी एसोसिएसनले दुग्ध क्षेत्रमा देखिएका समस्या समाधानका लागि कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसाललाई सुझाव पत्र हस्तान्तरण गरेको छ ।
एसोसिएसनले शुक्रवार आयोजित ‘वर्तमान अवस्थामा दुग्ध क्षेत्रमा देखिएका समस्या समाधान’ सम्बन्धी सरोकारवालाबिच भएको अन्तरक्रियाबाट आएका सुझावहरू मन्त्री भुसाललाई बुझाएको हो ।
मन्त्री भुसाललाई सुझाव पत्र हस्तान्तरण गर्न एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहाल, उपाध्यक्ष दीपप्रसाद धमाल र डेरी विज्ञ सुवास ढकाल सहितको टोली मन्त्री निवास पुगेको थियो ।
अध्यक्ष दाहालले पछिल्लो समय दुध तथा दुग्धजन्य पदार्थको बजार प्रवर्द्धनका लागि एसोसिएसनले पनि विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको मन्त्री भुसाललाई जानकारी गराएका थिए ।
‘हामीले आज उहाँको निवासमा पुगेर सो सुझावहरू बुझाएका छौँ । उहाँ पनि पछिल्लो समय दुग्ध क्षेत्रमा देखिएको समस्या समाधान गर्न तर्फ सकारात्मक हुनुहुन्छ,’ अध्यक्ष दाहालले भने, ‘तर अब नतिजा नआएसम्म जसले जे नै गरेको भए पनि पत्याउन नसकिने अवस्था रहेको कुरा हामी सबै सरोकारवालालाई महसुस भएको कुरा हो ।’
एसोसिएसनले दुध तथा दुग्धजन्य पदार्थको खपत बढाउन सेना, प्रहरीका खाना, विद्यार्थीको खाजा, खेलाडीको खानामा अनिवार्य रूपमा दुध दुग्धजन्य पदार्थ समावेश गरिनुपर्ने मन्त्री भुसालसँग माग गरेको छ । साथै एसोसिएसनले गर्ने हरेक किसिमका कार्यक्रममा मायाको चिनो स्वरूप दुग्ध पदार्थ वितरण गर्ने गरिएको कुरा उपाध्यक्ष धमलाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी जनताको बलमा सत्तामा पुगेको हो : अध्यक्ष दाहाल
-
मदन–आश्रित हत्याकाण्डको छानबिन हुनुपर्छ : माधव नेपाल
-
शेखरको नजरमा यस्तो छ गभर्नर नियुक्तिमा चलखेल हुनुको कारण
-
धरहराबाट तीन करोड ७३ लाख सङ्कलन
-
सरकारका कमीकमजोरी भए सुधार गर्दै अघि बढ्छौँ : सभापति देउवा
-
‘मदन भण्डारीको योगदानको समीक्षा र कम्युनिस्ट एकता अपरिहार्य’