स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा खैरहनी पहिलो

चितवन । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए)मा देशभरका पालिकामध्ये खैरहनी नगरपालिकाले उच्चतम अङ्क प्राप्त गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको मूल्याङ्कनमा खैरहनीले ९९ अङ्क प्राप्त गरेर उच्चतम प्रदर्शन गर्ने स्थानीय तह भएको हो । मूल्याङ्कनका विभिन्न विषय क्षेत्रका सूचकहरू पूरा गर्दै खैरहनीले उच्चतम अङ्क प्राप्त गर्न सफल भएको नगरप्रमुख शशि खनियाले जानकारी दिए ।
योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन, मूल्याङ्कन तथा लेखापरीक्षण, राजस्व व्यवस्थापनजस्ता मूल्याङ्कनका विषयक्षेत्रमा खैरहनीले उत्कष्ट अङ्क ल्याउन सफल भएको बताइएको छ । एक सय पूर्णाङ्कमा खैरहनी नगरपालिकाले ९९ अङ्क ल्याएको छ ।
अघिल्ला वर्षहरूमा जिल्लाको प्रथम हुँदै आएकामा यस वर्ष देशको प्रथम हुन सफल भएको उनले बताए । अनियमितता कम भएका कारण यस पालिका पहिलो भएको उनले बताए । उनले भने, “सबै कुराको व्यवस्थापन गर्न कठिन छ । त्यसलाई व्यवस्थापन गर्दै अघि बढ्नसके र कानुनसम्मत चल्नसके सफल भइँदोरहेछ ।” राजनीतिक दल र जनताको भावना बुझेर काम गर्दा यो परिणाम प्राप्त गर्न सफल भएको उनको भनाइ छ ।
स्थानीय तहको वित्तीय प्रणाली व्यवस्थित, पारदर्शी, विधिसम्मत र प्रभावकारी बनाउन स्थानीय वित्त व्यवस्थापनको सम्भावित जोखिमका क्षेत्रहरूको पहिचान गरी त्यसको लेखाजोखाको माध्यमबाट स्थानीय तहको वित्तीय सुशासनलाई संस्थागत गर्न स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन गरिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाटन संयुक्त क्याम्पसमा नेविसंघ र अखिलबिच कुटाकुट
-
धार्मिक भावनामा चोट पुर्याएको आरोपमा हेमा मालिनीविरुद्ध उजुरी दर्ता
-
साफ यू–१९ पुरुष च्याम्पियनसिप : उर्जन श्रेष्ठ बने नेपाली टोलीको प्रमुख प्रशिक्षक
-
ईशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमतीले गण्डकी प्रदेशलाई हरायो
-
भिमगिठे इलाका प्रहरीको भवन निर्माण अन्तिम चरणमा
-
ऐन परविर्तन गरेरै गुठीपीडितको समस्या समाधन गर्ने प्रतिबद्धता