पेनाल्टी सुटआउटमा बाजी मार्दै एफए कपको क्वार्टरफाइनलमा पुग्यो न्युक्यासल

काठमाडौँ । रोमाञ्चक भिडन्तमा ब्ल्याकबर्न रोभर्सलाई पाखा लगाउँदै न्युक्यासल युनाइटेड एपए कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । न्युक्यासलले मंगलबार राति खेलिएको खेलमा ब्ल्याकबर्नलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हरायो ।
निर्धारित र थप गरिएको समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट हार–जितको छिनोफानो गरिएको थियो । निर्धारित समयको खेलमा सुरुआती अग्रता पनि न्युक्यासलले नै लिएको थियो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ७१औँ मिनेटमा न्युक्यासलका लागि एन्थोनी गोर्डनले पहिलो गोल गरेका थिए । तर, न्युक्यासलको त्यो अग्रता लामो समय टिक्न सकेन । निर्धारित समयको ७९औँ मिनेटमा ब्ल्याकबर्नका लागि सामी सोमोडिस्कले जवाफी गोल गरेका थिए ।
त्यसपछि दुबै टोलीबाट थप गोल हुन सकेन र खेल पेनाल्टी सुटआउटमा गयो । पेनाल्टी सुटआउटमा ब्ल्याकबर्नका सामी र डोमिनिक ह्यामले गोल गर्न सकेनन् । न्युक्यासलका लागि भने हार्भी बार्नेस गोल गर्नबाट चुकेका थिए । म्यानचेस्टर सिटी, लेस्टर सिटी र कोभेन्ट्री सिटी भने यसअघि नै क्वार्टरफाइनलमा पुगिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गायक तथा संगीतकार गणेश रसिकको निधन
-
बङ्गलादेशमा पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध मुद्दा चलाइने
-
मृत पशुपन्क्षीलाई श्रद्धाञ्जली दिएर मनाइयो नार्ड
-
लयमा फर्किए मेस्सी र स्वारेज, कोलम्बसलाई हराउँदै तेस्रो स्थानमा उक्लियो इन्टर मियामी
-
‘नेक ब्लास्ट’ रोगले बोटमै सुक्यो धान
-
स्वास्थ्यमा गण्डकीको फड्को : १३ अस्पतालको स्तरोन्नति