पेनाल्टी सुटआउटमा बाजी मार्दै एफए कपको क्वार्टरफाइनलमा पुग्यो न्युक्यासल
काठमाडौँ । रोमाञ्चक भिडन्तमा ब्ल्याकबर्न रोभर्सलाई पाखा लगाउँदै न्युक्यासल युनाइटेड एपए कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । न्युक्यासलले मंगलबार राति खेलिएको खेलमा ब्ल्याकबर्नलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हरायो ।
निर्धारित र थप गरिएको समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट हार–जितको छिनोफानो गरिएको थियो । निर्धारित समयको खेलमा सुरुआती अग्रता पनि न्युक्यासलले नै लिएको थियो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ७१औँ मिनेटमा न्युक्यासलका लागि एन्थोनी गोर्डनले पहिलो गोल गरेका थिए । तर, न्युक्यासलको त्यो अग्रता लामो समय टिक्न सकेन । निर्धारित समयको ७९औँ मिनेटमा ब्ल्याकबर्नका लागि सामी सोमोडिस्कले जवाफी गोल गरेका थिए ।
त्यसपछि दुबै टोलीबाट थप गोल हुन सकेन र खेल पेनाल्टी सुटआउटमा गयो । पेनाल्टी सुटआउटमा ब्ल्याकबर्नका सामी र डोमिनिक ह्यामले गोल गर्न सकेनन् । न्युक्यासलका लागि भने हार्भी बार्नेस गोल गर्नबाट चुकेका थिए । म्यानचेस्टर सिटी, लेस्टर सिटी र कोभेन्ट्री सिटी भने यसअघि नै क्वार्टरफाइनलमा पुगिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण