बेहुला नआएपछि भिनाजुसँग गरिन् बेहुलीले बिहे

काठमाडौँ । बिहेमा बेहुला नआएपछि बेहुलीले आफ्नै भिनाजुसँग विवाह गरेको तथ्य प्रकाशमा आएको छ ।
भारतको उत्तर प्रदेश राज्यको झाँसीमा यस्तो घटना प्रकाशमा आएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार मुख्यमन्त्री सामूहिक विवाह योजना अन्तर्गत मंगलबार विभिन्न जोडीको विवाह कार्यक्रम थियो ।
सोही कार्यक्रममा झाँसीको बामोर निवासी खुसी नाम गरेकी युवतीको विवाह मध्यप्रदेशको छतरपुर निवासी बृषभानसँग हुने तय भएको थियो । सामूहिक विवाहमा उनीहरुको रजिस्ट्रेसन नम्बर ३६ थियो ।
तर विवाह सकिनासाथ बेहुलीले आफ्नो सिन्दुर र टीका पुछेकी थिइन् । सोधपुछका क्रममा उनले आफ्नै भिनाजुसँग विवाह गरेको पाइएको हो । खुसीको सिउँदोमा सिन्दुर भरेका पुरुषले आफ्नो नाम बृषभान नभएर दिनेश रहेको बताएका थिए ।
दिनेशका अनुसार खुसीसँग बृषभानकै विवाह हुने तय थियो । तर सामूहिक विवाह कार्यक्रममा बेहुला आइनपुगेका कारण आफूले विवाह गरेको उनले बताए । उनले आफू विवाहित रहेको र खुसी साली पर्ने पनि जानकारी दिए ।
दिनेशका अनुसार सरकारी अधिकारीहरुकै सल्लाहमा उनी बृषभानको ठाउँमा बेहुला बनेका थिए । विवाह समारोहमा सरकारका तर्फबाट प्राप्त हुने आर्थिक सहयोग हासिल गर्नका लागि यस्तो खेल भएको स्रोत बताउँछ ।
बेहुली खुसीले टाढाबाट आउनु परेका कारण समयमै बेहुला आइनपुगेपछि आफूले भिनाजुसँग विवाह गरेको बताइन् । ‘यो गलत हो भन्ने मलाई थाहा छ, तर हाम्रो पनि समस्या थियो, फर्म भरिसकिएको थियो, सबै कुरा अनलाइन दर्ता भइसकेको थियो,’ उनले भनिन्, ‘म मण्डमा पुगिसकेकी थिएँ, त्यसैले विवाह गर्नुप¥यो ।’
समाज कल्याण अधिकारी ललिता यादवले यसबारे उजुरी परेमा आवश्यक कारबाही गर्ने बताएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्सेली टोलीलाई नारच्याङमा भव्य स्वागत
-
‘जेठो हिमाल’ अन्नपूर्ण आरोहणको हीरक महोत्सव मनाईँदै
-
लगातार चौथो वर्ष रियल मड्रिड विश्वकै सबैभन्दा मूल्यवान् फुटबल क्लब
-
जुत्ता गन्हाएर वाक्क हुनुहुन्छ ? अपनाउनुहोस् यी उपाय
-
च्याम्पियन्स लिग फाइनल : युवा जोससामु निरीह बन्यो बुढो बाघ
-
स्वदेशी वस्तु प्रयोग गर्न सार्वजनिक निकायलाई पत्राचार, धेरै प्रयोग गर्नेलाई पुरस्कार