बेहुला नआएपछि भिनाजुसँग गरिन् बेहुलीले बिहे
काठमाडौँ । बिहेमा बेहुला नआएपछि बेहुलीले आफ्नै भिनाजुसँग विवाह गरेको तथ्य प्रकाशमा आएको छ ।
भारतको उत्तर प्रदेश राज्यको झाँसीमा यस्तो घटना प्रकाशमा आएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार मुख्यमन्त्री सामूहिक विवाह योजना अन्तर्गत मंगलबार विभिन्न जोडीको विवाह कार्यक्रम थियो ।
सोही कार्यक्रममा झाँसीको बामोर निवासी खुसी नाम गरेकी युवतीको विवाह मध्यप्रदेशको छतरपुर निवासी बृषभानसँग हुने तय भएको थियो । सामूहिक विवाहमा उनीहरुको रजिस्ट्रेसन नम्बर ३६ थियो ।
तर विवाह सकिनासाथ बेहुलीले आफ्नो सिन्दुर र टीका पुछेकी थिइन् । सोधपुछका क्रममा उनले आफ्नै भिनाजुसँग विवाह गरेको पाइएको हो । खुसीको सिउँदोमा सिन्दुर भरेका पुरुषले आफ्नो नाम बृषभान नभएर दिनेश रहेको बताएका थिए ।
दिनेशका अनुसार खुसीसँग बृषभानकै विवाह हुने तय थियो । तर सामूहिक विवाह कार्यक्रममा बेहुला आइनपुगेका कारण आफूले विवाह गरेको उनले बताए । उनले आफू विवाहित रहेको र खुसी साली पर्ने पनि जानकारी दिए ।
दिनेशका अनुसार सरकारी अधिकारीहरुकै सल्लाहमा उनी बृषभानको ठाउँमा बेहुला बनेका थिए । विवाह समारोहमा सरकारका तर्फबाट प्राप्त हुने आर्थिक सहयोग हासिल गर्नका लागि यस्तो खेल भएको स्रोत बताउँछ ।
बेहुली खुसीले टाढाबाट आउनु परेका कारण समयमै बेहुला आइनपुगेपछि आफूले भिनाजुसँग विवाह गरेको बताइन् । ‘यो गलत हो भन्ने मलाई थाहा छ, तर हाम्रो पनि समस्या थियो, फर्म भरिसकिएको थियो, सबै कुरा अनलाइन दर्ता भइसकेको थियो,’ उनले भनिन्, ‘म मण्डमा पुगिसकेकी थिएँ, त्यसैले विवाह गर्नुप¥यो ।’
समाज कल्याण अधिकारी ललिता यादवले यसबारे उजुरी परेमा आवश्यक कारबाही गर्ने बताएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई १ लाख २० हजार पुरस्कार
-
सभामुख अर्यालद्वारा शुक्लाफाँटा निकुञ्जको अवलोकन
-
कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित
-
विश्व वातावरण दिवसमा बिरुवा रोपिए
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण