सेयर बजार
झिनो अङ्कले नेप्से घट्दा चारवटा कम्पनीको मूल्यमा सर्किट
बुधबार, १६ फागुन २०८०, १५ : ४१
काठमाडौँ । बुधबारको सेयर बजारमा झिनो अङ्कले सूचक घट्दै बजार बन्द भएको छ । यस दिन नेप्से सूचक ०.८७ अङ्कले घट्दै २ हजारको अङ्कमा अडिएको हो । यस्तै आज कारोबार समेत जम्मा २ अर्ब ३ करोड ८१ लाखमा सीमित हुन पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको हो ।
आज २४८ कम्पनीको सेयर दोस्रो बजारमा कारोबार भएकोमा अधिकतम १७० वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ७१ कम्पनीको बढेको र ७ कम्पनीको स्थिर रहेको नेप्सेले जनाएको छ । विशाल बजार कम्पनी, बोटलर्स नेपाल (बालाजु), बोटलर्स नेपाल (तराई) र बीपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।
कूल १३ उपसूचकहरू मध्ये आज होटल तथा पर्यटन, इन्भेस्टमेन्ट, म्यानु एण्ड प्रो, म्युचुअल फन्ड, अन्य समूहको उपसूचक र ट्रेडिङबाहेक अन्य ७ वटा उपसूचक ऋणात्मक भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण