सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
सेयर बजार

झिनो अङ्कले नेप्से घट्दा चारवटा कम्पनीको मूल्यमा सर्किट

बुधबार, १६ फागुन २०८०, १५ : ४१
बुधबार, १६ फागुन २०८०

काठमाडौँ । बुधबारको सेयर बजारमा झिनो अङ्कले सूचक घट्दै बजार बन्द भएको छ । यस दिन नेप्से सूचक ०.८७ अङ्कले घट्दै २ हजारको अङ्कमा अडिएको हो । यस्तै आज कारोबार समेत जम्मा २ अर्ब ३ करोड ८१ लाखमा सीमित हुन पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको हो । 

आज २४८ कम्पनीको सेयर दोस्रो बजारमा कारोबार भएकोमा अधिकतम १७० वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ७१ कम्पनीको बढेको र ७ कम्पनीको स्थिर रहेको नेप्सेले जनाएको छ ।   विशाल बजार कम्पनी, बोटलर्स नेपाल (बालाजु), बोटलर्स नेपाल (तराई) र बीपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । 

कूल १३ उपसूचकहरू मध्ये आज होटल तथा पर्यटन, इन्भेस्टमेन्ट, म्यानु एण्ड प्रो, म्युचुअल फन्ड, अन्य समूहको उपसूचक र ट्रेडिङबाहेक अन्य ७ वटा उपसूचक ऋणात्मक भएका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप