आदनचुलीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको आदनचुली गाउँपाालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलप्रसाद पाण्डेसहित १० जनाविरुद्ध आर्थिक हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले पाण्डेसहित उनीहरुविरुद्ध ४२ लाख, २९ हजार ३५८ रुपैयाँ हिनामिना गरेको भन्दै आरोपपत्र दायर गरेको हो ।
आयोगले पाण्डेहित इन्जिनियर मकरध्वज शाही, सवइन्जिनियर जयराम छत्याल, योजना शाखामा रहेका सरफाई टेक्निसिन मंगल भण्डारी, तत्कालीन लेखापाल दिपक नेपाली, वडा नम्बर ३ का वडाअध्यक्ष दत्त विष्ट, गाउँपालिका उपप्रमुख सौमती रावल ऐडी, अनुगमन समिति सदस्य मानबहादुर टमटा र धनसरा टमाटा, उपभोक्ता समितिका अध्यक्ष दत्त रोकाया र कोषाध्यक्ष सिर्जना बुमीविरुद्ध आरोपपत्र दायर गरेको हो ।
सो गाउँपालिकाको ढकुनाकुनादेखि मुढेघट्टसम्म सिञ्चाई निर्माण सम्झौता गर्दा झुट्टो बिलविजक तयार गरेर रकम हिनामिना गरेको आयोगको अनुसन्धान निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण