राजनीतिक कार्यकारीहरु साँढे जस्तो भए

सरुवामा राजनीतिक हस्तक्षेप बढी देखिन्छ । सरकारमा रहेका मन्त्रीहरुले कर्मचारीको कार्यक्षमता हेर्दैनन् । दलीय सिफारिसका आधारमा सरुवा गरिन्छ ।
अधिकृत तहका कर्मचारीको सरुवामा समेत लुछाचुँडी देखिन्छ । कर्मचारीतन्त्रलाई अस्थिर बनाउनमा राजनीतिक नेतृत्वहरु नै दोषी देख्छु । प्रधानमन्त्रीलाई मन लाग्यो सचिव सरुवा गरिदिने र मन नलागे थन्क्याउने चलन देखिन्छ । अर्को तर्फ मन्त्री फेरिने बित्तिकै सचिव रोजेर लैजाने प्रवृत्ति हाबी छ । प्रयास गर्यो भने कर्मचारीतन्त्र स्थिर बनाउन धेरै समय लाग्दैन । प्रयास नगर्ने र प्रशासनयन्त्रलाई राजनीतिकरण गर्ने प्रवृत्ति बढ्यो । कर्मचारीलाई राजनीतिक कित्तामा विभाजन गरियो । राजनीतिक रुपमा समाधानको प्रयास नै भएन । राजनीतिक नेतृत्व जतिसक्दो बिगार्ने प्रयासमा लागे । स्थिरताको कुरा गर्ने तर, काम उल्टो गर्ने., कहाँबाट हुन्छ ? सबै ऐन कानुनमा व्यवस्था छ । त्यसलाई पालना गर्नुप¥यो ।
राजनीतिक कार्यकारीहरु साढे जस्तो भएर जे गरे पनि हुन्छ भनेर अगाडि बढिरहेका छन् । कार्यक्षमताको आधारमा कर्मचारी सरुवा गर्नुपर्छ । मुख्यसचिवलाई घेरा हाल्ने प्रवृत्ति छ । मुख्यसचिवले स्वतन्त्र ढंगबाट काम गर्न पाउँदैनन् । अहिले त झन् चार वटा दल मिलेर सरकार बनेको छ । कर्मचारीतन्त्र झनै चेपुवामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
किट विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण : परिवार राति नै भारत जाँदै
-
रविन्द्र मिश्र लगायतका नेतालाई रिहाइ गर्न माग गर्दै रिले अनशन बस्ने
-
पोखरामा ‘लायन्स कप’ भलिबल : नेपाल पुलिस र इरानी टोली विजयी
-
उदयपुरमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते
-
१० बजे १० समाचार : फेरि विद्यालय कर्मचारी रुष्टदेखि ओलीले झुक्याउने प्रचण्डको आशंकासम्म