राजनीतिक कार्यकारीहरु साँढे जस्तो भए
सरुवामा राजनीतिक हस्तक्षेप बढी देखिन्छ । सरकारमा रहेका मन्त्रीहरुले कर्मचारीको कार्यक्षमता हेर्दैनन् । दलीय सिफारिसका आधारमा सरुवा गरिन्छ ।
अधिकृत तहका कर्मचारीको सरुवामा समेत लुछाचुँडी देखिन्छ । कर्मचारीतन्त्रलाई अस्थिर बनाउनमा राजनीतिक नेतृत्वहरु नै दोषी देख्छु । प्रधानमन्त्रीलाई मन लाग्यो सचिव सरुवा गरिदिने र मन नलागे थन्क्याउने चलन देखिन्छ । अर्को तर्फ मन्त्री फेरिने बित्तिकै सचिव रोजेर लैजाने प्रवृत्ति हाबी छ । प्रयास गर्यो भने कर्मचारीतन्त्र स्थिर बनाउन धेरै समय लाग्दैन । प्रयास नगर्ने र प्रशासनयन्त्रलाई राजनीतिकरण गर्ने प्रवृत्ति बढ्यो । कर्मचारीलाई राजनीतिक कित्तामा विभाजन गरियो । राजनीतिक रुपमा समाधानको प्रयास नै भएन । राजनीतिक नेतृत्व जतिसक्दो बिगार्ने प्रयासमा लागे । स्थिरताको कुरा गर्ने तर, काम उल्टो गर्ने., कहाँबाट हुन्छ ? सबै ऐन कानुनमा व्यवस्था छ । त्यसलाई पालना गर्नुप¥यो ।
राजनीतिक कार्यकारीहरु साढे जस्तो भएर जे गरे पनि हुन्छ भनेर अगाडि बढिरहेका छन् । कार्यक्षमताको आधारमा कर्मचारी सरुवा गर्नुपर्छ । मुख्यसचिवलाई घेरा हाल्ने प्रवृत्ति छ । मुख्यसचिवले स्वतन्त्र ढंगबाट काम गर्न पाउँदैनन् । अहिले त झन् चार वटा दल मिलेर सरकार बनेको छ । कर्मचारीतन्त्र झनै चेपुवामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण