इटालियन सिरी ए फुटबलमा इन्टर मिलान विजयी
बिहीबार, १७ फागुन २०८०, ०८ : ३८

काठमाडौँ । इटालियन सिरी ए फुटबलमा इन्टर मिलान विजयी भएको छ । बुधबार राति भएको खेलमा इन्टरले एटलान्टलाई ४–० गोल अन्तरले पराजित गरेको हो । इन्टरको जितमा म्याथ्यु डार्मियनले २ गोल गर्दा लाउटारो मार्टिनेज र डेभिड फ्राटेसीले एक एक गोल गरेका थिए ।
जितसँगै शीर्ष स्थानमा रहेको इन्टर मिलानले तालिकामा २६ खेलबाट ६९ अंक बनाएको छ । पराजित भएको एटलान्टा भने ४६ अंकका साथ पाँचौँ स्थानमा छ । यसैगरी नापोलीले सासुलोमाथि ६–१ गोलको पुनरागमन जित निकालेको छ ।
सासुलोले सुरुमै गोल गरेपनि त्यसपछि लगातार ६ गोल खान पुगेको थियो । नापोलीका भिक्टर जेम्सले ह्याट्रिक गर्दा केभिचाले २ तथा अमिर रहमेनीले एक गोल थपेका थिए । सासुलोका लागि उरो रेसीले एक गोल गरे । नापोली नवौं तथा सासुलो १८ औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित
-
सुन जस्तो देखिने धातुसहित जना पक्राउ
-
प्रतिनिधिसभा बैठकमा विपक्षीहरूको उठेर विरोध
-
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलको विरोध
-
फास्ट ट्र्याकबाट प्रोफेसर नियुक्त हुनु विश्वविद्यालयको भविष्य निर्माणको जग हो : त्रिवि
-
न्यूजिल्यान्डमा तीन माओरी सांसद निलम्बित