इटालियन सिरी ए फुटबलमा इन्टर मिलान विजयी
बिहीबार, १७ फागुन २०८०, ०८ : ३८
काठमाडौँ । इटालियन सिरी ए फुटबलमा इन्टर मिलान विजयी भएको छ । बुधबार राति भएको खेलमा इन्टरले एटलान्टलाई ४–० गोल अन्तरले पराजित गरेको हो । इन्टरको जितमा म्याथ्यु डार्मियनले २ गोल गर्दा लाउटारो मार्टिनेज र डेभिड फ्राटेसीले एक एक गोल गरेका थिए ।
जितसँगै शीर्ष स्थानमा रहेको इन्टर मिलानले तालिकामा २६ खेलबाट ६९ अंक बनाएको छ । पराजित भएको एटलान्टा भने ४६ अंकका साथ पाँचौँ स्थानमा छ । यसैगरी नापोलीले सासुलोमाथि ६–१ गोलको पुनरागमन जित निकालेको छ ।
सासुलोले सुरुमै गोल गरेपनि त्यसपछि लगातार ६ गोल खान पुगेको थियो । नापोलीका भिक्टर जेम्सले ह्याट्रिक गर्दा केभिचाले २ तथा अमिर रहमेनीले एक गोल थपेका थिए । सासुलोका लागि उरो रेसीले एक गोल गरे । नापोली नवौं तथा सासुलो १८ औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण