प्रतिबन्धित लागु औषधसहित ३ जना प्रहरीको नियन्त्रणमा
बिहीबार, १७ फागुन २०८०, ०९ : ५५
झापा । झापाको मेचीनगर नगरपालिका–६ स्थितमा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रतिबन्धित लागु औषध सहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।
गोप्य सूचनाको आधारमा अर्जुनधारा नगरपालिका–१० कालिस्थान घर भई मेचीनगर नगरपालिका–६ मा डेरा गरी बस्ने वर्ष २६ का प्रकाश पौडेल, काठमाडौँका वर्ष ३० क ईश्वर आधिकारी र अर्जुनधारा नगरपालिकाका वर्ष २२ का पुजन तामाङलाई हिजो साँझ ७ः३० मा नियन्त्रणमा लिइएको हो ।
चेकजाँच गर्दा निजहरूको साथबाट प्रतिबन्धित लागु औषध खैरो हेरोइन ४७ ग्राम फेला परेको प्रहरीले जानकारी दियो । तिनै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भई कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
-
मुलुकको समृद्धिका लागि हरित कर र लगानी विस्तार गर्नुपर्नेमा जोड
-
प्रतिपक्षी दलद्वारा प्रतिनिधिसभा बैठक अवरोध
-
११ बुँदे मागसहित जनमत पार्टीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
-
प्रधानमन्त्रीले क्षमायाचना नगरेसम्म सदन नचलाऔँ : एमाले
-
प्रधानमन्त्रीले सदनमा आएर आफ्नो बोली नसच्याउँदासम्म कार्यसूची अगाडि बढ्दैन : हर्कराज राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण