सुन्धारामा स्वरोजगार मजदुरमाथि भएको कुटपिटमा महानगरले थाल्यो छानबिन
बिहीबार, १७ फागुन २०८०, १० : ५८
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सुन्धारामा बुधवार साँझ स्वरोजगार मजदुरमाथि भएको बल प्रयोगबारे बुझ्न एसएसपी राजु पाण्डेलाई बोलाएको छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले घटनाबारे सत्य तथ्य बुझ्न र बल प्रयोग गर्नुपरेको कारणबारे सोधपुछ गर्न पाण्डेलाई बोलाइएको बताए । उनका अनुसार घटनाबारे छानबिन हुने छ ।
डिएसपी मनोज लामिछाने नेतृत्वमा परिचालित नगर प्रहरीहरूले साँझ सवा ८ बजेको समयमा सुन्धारा आसपासका सडकमा स्वरोजगार मजदुरहरूलाई आक्रमण गरी घाइते बनाउनुका साथै, सामान समेत लुटपाट गरेर लगेको आरोप नेपाल स्वरोजगार व्यापार श्रमिक संघको छ ।
स्वरोजगार मजदुरमाथि नगर प्रहरीले अन्धाधुन्ध कुटपिट गरेको, लछारपछार गरेको, आमाचकारी गालीगलौज गरेको , सामानहरू फ्याँकी लुटपाट गरेका र मरणासन्न हुने गरी घाइते बनाएको संघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण