विकासका कामले सिंहदरबार तात्नुपर्ने हो, शिथिल छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार विकास निर्माण, प्रशासन सबै कामले तात्नुपर्नेमा सेलाएको महसुस आफूले गरेको बताएका छन् ।
उनले राजनीतिक र प्रशासनिक नेतृत्वहरु निर्णय गर्न हिचकिचाउने प्रवृत्ति बढ्दै जानु राम्रो संकेत नभएको बताएका हुन् । बिहीबार सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षा गर्दै उनले नीति, कार्यक्रम र बजेटबिच तादात्म्य नमिल्दा परिणाम आउन नसकेको बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले मन्त्रालयहरु तथा अन्य निकायहरुले निर्धारित वार्षिक लक्ष्य र सूचकहरुकोअनुसार कार्यसम्पादन पूरा गर्नु नपर्ने र राजनीतिक र प्रशासनिक नेतृत्वहरु निर्णय गर्न हिचकिचाउने प्रवृत्ति बढ्दै जानु राम्रो नभएको उल्लेख गरे । उनले यो स्थिति जटिल परिस्थितिको संकेत भएको बताए । राजनैतिक नेतृत्व र प्रशासनिक नेतृत्वको बिचमा पनि एकले अर्कालाई प्रभाव पार्नेगरी नकारात्मक असर गरिरहेको चित्र देखिएको बताए । उनले प्रशासनिक नेतृत्व जटिलतामा असुरक्षाको महसुस गर्यो भने त्यसको प्रभाव राजनैतिक नेतृत्वमा प्रधानमन्त्री, मन्त्रीलाई पर्ने बताए । उनले अहिले एकले अर्कालाई कसरी ढाडस दिन र सहयोग गर्न सकिन्छ भन्ने चुनौती रहेको बताए ।
उनले भने, ‘नीति, कार्यक्रम र बजेटबिच तादात्म्य नमिल्दा परिणाम आइरहेको छैन । मन्त्रालयहरु तथा अन्य निकायहरुले निर्धारित वार्षिक लक्ष्य र सूचकहरुकोअनुसार कार्यसम्पादन पूरा गर्नु नपर्ने र राजनीतिक र प्रशासनिक नेतृत्वहरु निर्णय गर्न हिचकिचाउने प्रवृत्ति बढ्दै जानु पक्कै पनि सकारात्मक सन्देशको संकेत होइन । यो निकै नै जटिल परिस्थितिको संकेत हो । यसले हामी राजनैतिक नेतृत्व र प्रशासनिक नेतृत्वको बिचमा पनि एकले अर्कालाई प्रभाव पार्नेगरी नकारात्मक असर गरिरहेको चित्र देखिन्छ । प्रशासनिक नेतृत्व जटिलतामा असुरक्षाको महसुस गर्यो भने त्यसको प्रभाव राजनैतिक नेतृत्वमा प्रधानमन्त्री, मन्त्रीलाई पर्छ ।’
प्रधानमन्त्री प्रचण्डले कामकाजलाई नयाँ गति दिन गरिएको संकल्प पनि दुई महिना नबित्दै शिथिल भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण