सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
सरकारको अर्धवार्षिक समीक्षा

विकासका कामले सिंहदरबार तात्नुपर्ने हो, शिथिल छ : प्रधानमन्त्री प्रचण्ड

बिहीबार, १७ फागुन २०८०, १५ : २२
बिहीबार, १७ फागुन २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार विकास निर्माण, प्रशासन सबै कामले तात्नुपर्नेमा सेलाएको महसुस आफूले गरेको बताएका छन् ।

उनले राजनीतिक र प्रशासनिक नेतृत्वहरु निर्णय गर्न हिचकिचाउने  प्रवृत्ति बढ्दै जानु राम्रो संकेत नभएको बताएका हुन् ।  बिहीबार सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षा गर्दै उनले नीति, कार्यक्रम र बजेटबिच तादात्म्य नमिल्दा परिणाम आउन नसकेको बताएका हुन् । 

प्रधानमन्त्री प्रचण्डले मन्त्रालयहरु तथा अन्य निकायहरुले निर्धारित वार्षिक लक्ष्य र सूचकहरुकोअनुसार कार्यसम्पादन पूरा गर्नु नपर्ने र राजनीतिक र प्रशासनिक नेतृत्वहरु निर्णय गर्न हिचकिचाउने  प्रवृत्ति बढ्दै जानु राम्रो नभएको उल्लेख गरे । उनले यो स्थिति जटिल परिस्थितिको संकेत भएको बताए । राजनैतिक नेतृत्व र प्रशासनिक नेतृत्वको बिचमा पनि एकले अर्कालाई प्रभाव पार्नेगरी नकारात्मक असर गरिरहेको चित्र देखिएको बताए । उनले प्रशासनिक नेतृत्व जटिलतामा असुरक्षाको महसुस गर्‍यो भने त्यसको प्रभाव राजनैतिक नेतृत्वमा प्रधानमन्त्री, मन्त्रीलाई पर्ने बताए । उनले अहिले एकले अर्कालाई कसरी ढाडस दिन र सहयोग गर्न सकिन्छ भन्ने चुनौती रहेको बताए ।

उनले भने, ‘नीति, कार्यक्रम र बजेटबिच तादात्म्य नमिल्दा परिणाम आइरहेको छैन । मन्त्रालयहरु तथा अन्य निकायहरुले निर्धारित वार्षिक लक्ष्य र सूचकहरुकोअनुसार कार्यसम्पादन पूरा गर्नु नपर्ने र राजनीतिक र प्रशासनिक नेतृत्वहरु निर्णय गर्न हिचकिचाउने  प्रवृत्ति बढ्दै जानु पक्कै पनि सकारात्मक सन्देशको संकेत होइन । यो निकै नै जटिल परिस्थितिको संकेत हो । यसले हामी राजनैतिक नेतृत्व र प्रशासनिक नेतृत्वको बिचमा पनि एकले अर्कालाई प्रभाव पार्नेगरी नकारात्मक असर गरिरहेको चित्र देखिन्छ । प्रशासनिक नेतृत्व जटिलतामा असुरक्षाको महसुस गर्‍यो भने त्यसको प्रभाव राजनैतिक नेतृत्वमा प्रधानमन्त्री, मन्त्रीलाई पर्छ ।’

प्रधानमन्त्री प्रचण्डले कामकाजलाई नयाँ गति दिन गरिएको संकल्प पनि दुई महिना नबित्दै शिथिल भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप