कैलारीमा पन्ध्र शय्या अस्पताल निर्माण अन्तिम चरणमा
गोदावरी । कैलारी गाउँपालिकामा १५ शय्या अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । कैलारीको वडा नं ५स्थित बैजपुरमा निर्माणाधीन सो अस्पतालको काम ९० प्रतिशत सम्पन्न भएको जनाइएको छ । अस्पताल निर्माणका लागि विसं २०७९ असार २९ मा निर्माण कम्पनीसंग ठेक्का सम्झौता भएको थियो । अस्पताल निर्माणको अवधि आगामी असारसम्म रहेको छ ।
चार वर्षअघि हरेक स्थानीय तहमा अस्पताल हुनुपर्ने सङ्घीय सरकारको नीतिअनुसार सो अस्पताल निर्माण गरिन लागेको हो । सङ्घीय सरकारको लगानीमा निर्माण भइरहेको अस्पतालको लागतरु १८ करोड ५२ लाख रहेको गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले जानकारी दिए ।
उनले सकेसम्म मसान्तभित्रै भवन हस्तान्तरण भएर चालु आर्थिक वर्षको असार मसान्तबाट अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताए । सो अस्पताल सञ्चालन भएपछि कैलारी गाउँपालिकाको दक्षिणी क्षेत्रका जनतालाई स्वास्थ्योपचारमा राहत मिल्ने अपेक्षा गरिएको छ । अस्पताल नहुँदा सो गाउँपालिका स्थानीय जनता सामान्य उपचारका लागि धनगढीमा तथा भारतसमेत पुग्ने गरेका छन् ।
चालु आर्थिक वर्षबाट अस्पताल सञ्चालनमा ल्याउन आवश्यक जनशक्ति व्यवस्थापनको पहल भइरहेको सूचना अधिकारी कलेलको भनाइ छ । त्यस्तै प्रदेशस्तरमा रहेका जिल्ला अस्पतालहरूलाई २५ देखि ५० शय्यासम्मका बनाउने र अञ्चल अस्पताललाई दुई सय शय्याको जनरल अस्पतालमा स्तारोन्नति गरिने उल्लेख गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण