फ्राईडे रिलिज : देशभर ‘अगस्त्य’ प्रदर्शनमा
काठमाडौँ । आज शुक्रबारबाट फिल्म ‘अगस्त्य’ प्रदर्शनमा आएको छ । फ्राईडे रिलिजको परम्परा धान्दै यो फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो । यद्यपि, देशभरको सबै हल ‘अगस्त्य’ले भने पाएको छैन । किनभने गत साता रिलिज भएको फिल्म ‘गोर्खा वारियर’ अझै केही हलमा निरन्तर छ ।
सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा लगायतका कलाकारको अभिनय छ ।
फिल्मको बिहीबार साँझ ललितपुरको लाबिम मलमा अवस्थित क्यूएफएक्समा प्रिमियर गरिएको छ । प्रिमियरमा कलाकार, प्राविधिक, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी थिए । प्रिमिएरमा फिल्मले मिश्रित प्रतिक्रिया पाएको छ । फिल्म कतिले राम्रो भन्दा केहीले ठिकै भनेका छन् । केही नाक खुम्च्याएको पनि देखियो । सहभागी अधिकांशले अभिनेता सौगात मल्ल र प्रमोद अधिकारीको अभिनय मात्र रुचाए ।
२ घण्टा ५० मिनेट लामो फिल्ममा एक्सले प्रमुख प्रथामिकता पाएको छ । फिल्म हेर्न पुगेका निर्देशक प्रदीप भट्टराई, नायकहरू सुशील श्रेष्ठ, आर्शीवाद क्षेत्री, कलाकार दिनेश डीसी लगायतले मनपरेको प्रतिक्रिया दिए ।
कार्यक्रममा फिल्मका कलाकार सौगात मल्ल, नाजिर हुसेन, मलिका महत लगायतको उपस्थिति थियो । यी कलाकारले फिल्मबाट दर्शकको प्रतिक्रिया राम्रो पाउने विश्वास व्यक्त गरे ।
संजय लामाको छायाङ्कन, श्री श्रेष्ठको एक्सन रहेको फिल्मको ‘च्याप्टर २’ सन् २०२६ मा रिलिज गर्ने घोषणा समेत निर्माण युनिटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण