सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

१७ बलमा २३ रन बनाउँदै आउट भए अनिल साह

शुक्रबार, १८ फागुन २०८०, १२ : ०७
शुक्रबार, १८ फागुन २०८०

काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार जारी आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालले तेस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान अनिल साहलाई गुमाएको हो । उनी १७ बलमा तीन चौकाको मद्दतले २३ रन बनाउँदै आउट भए । 

अनिललाई नामिबियाका बलर जन निकोल लफ्टी एटनले विकेटकिपर जेन ग्रिनद्वारा क्याच गराएका हुन् । सातौँ ओभरमा अन्तिम बलमा अनिल आउट हुँदा नेपालले ५८ रन बनाएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नामिबियाले टस जिती नेपाललाई पहिलो ब्याटिङको निम्ता दिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप