बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

एन्ड्रोइडबाट आईफोनमा कन्ट्याक्ट सार्ने तरिका

शुक्रबार, १८ फागुन २०८०, १६ : ०९
शुक्रबार, १८ फागुन २०८०

काठमाडौँ । अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पल इंकको आईफोन मन नपर्ने त संसारमा कमै होलान् । आइफोनबाहेक अरु उपकरणै नचलाउने आइफोनका लोयल प्रयोगकर्ता पनि भेटिन्छन् । 

लामो समय एन्ड्रोइड फोन चलाएपछि आइफोन चलाउन थाल्नेहरू पनि छन् । एन्ड्रोइड चलाएर आइफोनतिर लागेका प्रयोगकर्ताका लागि फोनमा भएका सम्पर्क नम्बरहरूलाई अब के गर्ने भन्ने टाउको दुःखाईको विषय हुन सक्छ । तपाई पनि कहिलेकाहीँ यस्तो अवस्थामा पर्न सक्नु हुन्छ । आजको यस लेखमा हामीहरू एन्ड्रोइडमा रहेका सम्पर्क नम्बर आइफोनमा सर्ने केही तरिकाबारे बताउन गइरहेका छौं ।

आफ्नो फोनमा भएका डाटा एन्ड्रोइडबाट आईफोनमा सार्न सजिलो होस् भनेर एप्पलले मूभ टू आईओएस एप बनाएको छ । यो प्रक्रियामा तपाईको फोनमा भएको सम्पर्क नम्बर, क्यालेन्डर, फोटो र इमेल एकाउन्टा लगायत सबै डेटा कपी हुन्छ ।

१. यसका लागि सबैभन्दा पहिले एन्ड्रोइड डिभाइसमा मूभ टु आईओएस एप इन्स्टल गर्नुस् ।

२. यहाँबाट मूभ डेटा फ्रम एन्ड्रोइड छान्नुस् ।

३. आफ्नो एन्ड्रोइडमा मूभ टु आईओएस एप खोल्नुस् ।

४. अब दुबै डिभाइसमा कन्टिन्यूमा ट्याप गर्नुस् अनि आईओएसमा नियम र सर्तहरूमा सहमतमा क्लिक गर्नुस् ।

५. मूभ टु आईओएस मा आइफोनमा देखिएको कोड हाल्नुस् ।

६. यस पछि निर्देशनहरू पालना गर्नुस् ताकि स्थानान्तरण पूरा गर्न सकियोस्

गुगल खाता हो अर्को तरिका

तपाइँले आफ्नो एन्ड्रोइडमा भएका सम्पर्क नम्बर गुगल एकाउन्टमा राख्ने गर्नु भएको छ भने सार्न निकै सजिलो छ । यसका लागि तपाईले आफ्नो एन्ड्रोइडको गुगल एकाउन्टको जानकारीलाई आईफोनमा जोड्नु पर्छ ।

१. आइफोनमा सेटिङ एप खोल्नुस् ।

२.यसपछि, मेलमा ट्याप गर्नुस् र एकाउन्ट्समा जानुस् ।

३. एड एकाउन्टमा गएर गुगलमा ट्याप गर्नुस् ।

४. गुगल एकाउन्टलाई आफ्नो आइफोनमा जोड्न निर्देशनहरू पालना गर्नुुस् । यसरी गुगल एकाउन्टमा भएका सारा जानकारी स्वतः सिंक हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप