अनन्त अम्बानी–राधिका मर्चेन्टको प्रि–वेडिङमा २५०० परिकार
नयाँ दिल्ली । भारतीय खर्बपति व्यापारी मुकेश अम्बानीले कान्छो छोरा अनन्त अम्बानीको बिहेमा १० अर्ब भारु खर्च गर्दैछन् । गुजरातमा मार्च १ देखि ३ बिच प्रि–वेडिङ सेरेमनी चलिरहेको छ ।
यस समारोहमा देश विदेशबाट ख्यातिप्राप्त व्यक्तित्वहरु आइरहेका छन् । खबरहरुका अनुसार यस समारोहमा २ हजार ५०० परिकारहरु पस्किइनेछ । यही समारोहका लागि भनेर देशभरबाट २५ जना सेफहरुका टोली खटाइएको छ ।
अतिथिहरुलाई पार्सी, थाई, मेक्सिकन र जापानी परिकारका साथै पान–इन्डियन परिकारहरु समेत पस्किइनेछ । ब्रेकफाष्टमा ७० भन्दा धेरै विकल्प हुने बताइएको छ । लञ्च र डिनरमा पनि २५०/२५० परिकार राखिनेछ । कुनै पनि परिकार दोहोर्याएर राखिने छैन । समारोहमा करिब १ हजार अतिथिहरु आउने बताइएको छ । प्रि–वेडिङ समारोहमा भारतीय अर्बपतिहरु गौतम अदानी, सुनिल भारती मित्तल आदिका साथै बलिउडका मेगास्टारहरु अमिताभ बच्चन र शाहरुख खान आदि उपस्थित रहनेछन् ।
सचिन तेन्दुलकर र महेन्द्र सिंह धोनी जस्ता क्रिकेट लेजेन्ड पनि सहभागी हुनेछन् । मेटाका सीईओ मार्क जकरबर्ग, माइक्रोसफ्टका संस्थापक बिल गेट्स र अल्फाबेटका सीईओ सुन्दर पिचाइ पनि आउने अनुमान गरिएको छ । हलिउडकी पप आइकन रिहान्नाले समारोहमा प्रफर्मेन्स दिने बताइएको छ । यसअघि मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको विवाहमा ४ अर्ब भारु खर्च भएको थियो । ईशाले विवाहमा ९० करोड भारतीय रुपैयाँ बराबरको लहेङ्गा लगाएर विश्व कीर्तिमान बनाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण