सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अनन्त अम्बानी–राधिका मर्चेन्टको प्रि–वेडिङमा २५०० परिकार

शुक्रबार, १८ फागुन २०८०, १७ : २८
शुक्रबार, १८ फागुन २०८०

नयाँ दिल्ली । भारतीय खर्बपति व्यापारी मुकेश अम्बानीले कान्छो छोरा अनन्त अम्बानीको बिहेमा १० अर्ब भारु खर्च गर्दैछन् । गुजरातमा मार्च १ देखि ३ बिच प्रि–वेडिङ सेरेमनी चलिरहेको छ । 

यस समारोहमा देश विदेशबाट ख्यातिप्राप्त व्यक्तित्वहरु आइरहेका छन् । खबरहरुका अनुसार यस समारोहमा २ हजार ५०० परिकारहरु पस्किइनेछ । यही समारोहका लागि भनेर देशभरबाट २५ जना सेफहरुका टोली खटाइएको छ ।

अतिथिहरुलाई पार्सी, थाई, मेक्सिकन र जापानी परिकारका साथै पान–इन्डियन परिकारहरु समेत पस्किइनेछ । ब्रेकफाष्टमा ७० भन्दा धेरै विकल्प हुने बताइएको छ । लञ्च र डिनरमा पनि २५०/२५० परिकार राखिनेछ । कुनै पनि परिकार दोहोर्‍याएर राखिने छैन । समारोहमा करिब १ हजार अतिथिहरु आउने बताइएको छ । प्रि–वेडिङ समारोहमा भारतीय अर्बपतिहरु गौतम अदानी, सुनिल भारती मित्तल आदिका साथै बलिउडका मेगास्टारहरु अमिताभ बच्चन र शाहरुख खान आदि उपस्थित रहनेछन् ।

सचिन तेन्दुलकर र महेन्द्र सिंह धोनी जस्ता क्रिकेट लेजेन्ड पनि सहभागी हुनेछन् । मेटाका सीईओ मार्क जकरबर्ग, माइक्रोसफ्टका संस्थापक बिल गेट्स र अल्फाबेटका सीईओ सुन्दर पिचाइ पनि आउने अनुमान गरिएको छ । हलिउडकी पप आइकन रिहान्नाले समारोहमा प्रफर्मेन्स दिने बताइएको छ । यसअघि मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको विवाहमा ४ अर्ब भारु खर्च भएको थियो । ईशाले विवाहमा ९० करोड भारतीय रुपैयाँ बराबरको लहेङ्गा लगाएर विश्व कीर्तिमान   बनाएकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप