गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार
शुक्रबार, १८ फागुन २०८०, १९ : २६

रामेछाप । रामेछापबाट एक गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । रामेछापको दोरम्बा सैलुङ गाउँपालिका वडा नम्बर–२ स्थायी निवासी ४० वर्षीय महिलालाई सुत्केरी हुने समयमा जटिलता देखिएपछि हवाई उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको हो ।
उद्धारका लागि अनुरोध भएपछि स्वास्थ्य निर्देशनालयका विशेषज्ञ चिकित्सकको टोलीको परामर्श पश्चात् प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको निःशुल्क हवाई उद्धार कार्यक्रम मार्फत गरिएको हो । बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीका अनुसार महिलाको काठमाडौँको परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो पेट्रोलियम पदार्थको मूल्य
-
चेक बाउन्सको मिलापत्रबारे सरकारी वकीललाई महान्यायाधिवक्ता कार्यालयको सर्कुलर
-
महेश बर्तौलालाई प्रश्न– केपी ओलीलाई खुसी पार्ने तपाईंसँग त्यस्तो के कला छ ?
-
जिप दुर्घटना हुँदा दुई जना घाइते
-
हेटौँडामा ‘प्रदेश स्पोर्टस अवार्ड’ : ८ विधाका १२ जना पुरस्कृत हुने
-
नेपालका पूर्वी र मध्य क्षेत्रमा एकैपटक गयो बिजुली, के हाे कारण ?