गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार
शुक्रबार, १८ फागुन २०८०, १९ : २६
रामेछाप । रामेछापबाट एक गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । रामेछापको दोरम्बा सैलुङ गाउँपालिका वडा नम्बर–२ स्थायी निवासी ४० वर्षीय महिलालाई सुत्केरी हुने समयमा जटिलता देखिएपछि हवाई उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको हो ।
उद्धारका लागि अनुरोध भएपछि स्वास्थ्य निर्देशनालयका विशेषज्ञ चिकित्सकको टोलीको परामर्श पश्चात् प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको निःशुल्क हवाई उद्धार कार्यक्रम मार्फत गरिएको हो । बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीका अनुसार महिलाको काठमाडौँको परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण