मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

सरकार र मिटरब्याज पीडितबिच आज पनि वार्ता

शनिबार, १९ फागुन २०८०, ०६ : ०९
शनिबार, १९ फागुन २०८०

काठमाडौँ ।  सरकार र मिटरब्याज पीडितबिच आज पनि वार्ता हुने भएको छ । यसअघि शुक्रबार भएको वार्ता सकारात्मक  भएकोले  आज सहमति जुट्न सक्ने पीडित समूहका वार्ता टोली संयोजक अवधेश कुशवाहले  बताए । 

मिटरब्याज पीडित सङ्घर्ष समितिका संयोजक नृग नविनले  चौथो चरणको वार्ता सकारात्मक रहेको बताए। उनले पनि आजको वार्ताबाट निष्कर्ष निस्कने विश्वास व्यक्त गरे । 

सङ्घर्ष समितिले कुशवहाको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ भने सरकारका तर्फबाट गृह मन्त्रालयका  सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता समिति बनाएको छ । अधिकार सम्पन्न आयोग गठनलगायतका ६ बुँदे माग राख्दै २३ दिन हिँडेर  काठमाडौँ आइपुगेका मिटरब्याज पीडितले विगत केही दिनयता काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप