अङ्क गुमाउँदै बायर्न, फेरि बराबरीमा रोकियो
शनिबार, १९ फागुन २०८०, ०६ : २९
म्युनिख । साबिक विजेता बायर्न म्युनिख बुन्डेस लिगाको उपाधि होडमा पछि परेको छ । फ्रिबर्गविरुद्ध बराबरीमा रोकिएपछि टोली शीर्ष स्थानमा रहेको बायर लेभरक्युजनभन्दा १० अङ्कले पछि पर्ने खतरा बढेको हो ।
शुक्रबार राति भएको खेलमा बायर्न २–२ को बराबरी खेल्न बाध्य बन्यो । खेलको १२ औँ मिनेटमा क्रिस्टियन गनटरले फ्रिबर्गलाई अग्रता दिलाएका थिए । तर, माथ्यस टेलले ३५ औँ मिनेटमा खेल बराबरी गरे ।
दोस्रो हाफको ७५ औँ मिनेटमा जमाल मुसियालाले बायर्नलाई अग्रता दिलाए पनि खेल सकिन तीन मिनेट बाँकी छँदा लुकास होलरले गोल गर्दै बायर्नलाई जीतबाट वञ्चित गरे । खेलमा इंग्ल्याण्डका स्ट्राइकर ह्यारी केनले गोलका थुप्रै अवसर गुमाएका थिए ।
२४ खेलपछि बायर्नको ५४ अङ्क रहेको छ । एक खेल कम खेलेको लेभरक्युजनको ६१ अङ्क छ । लेभरक्युजनसँग आफ्नो अग्रता थप फराकिलो बनाउने अवसर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण