इजरायलको बमबारीमा सात इजरायली बन्धक मारिएको हमासको दाबी
गाजा । हमासले गाजा पट्टीमा बन्धक बनाइएका सात जनाको मृत्यु भएको जानकारी दिएको छ । इजरायली बमबारीका कारण यी बन्धकहरूको मृत्यु भएको हमासले दाबी गरेको हो।
यसमा उनका केही लडाकु पनि मारिएका छन् । हमासले हालसम्म मारिएका बन्धकहरूको सङ्ख्या ७० भन्दा बढी हुन सक्ने बताएको छ । ज्यान गुमाउने सात बन्धकहरू पहिले नै मारिएका ३१ बन्धकहरूमा पर्छन् वा छैनन् भन्ने स्पष्ट छैन। यस सम्बन्धमा इजरायलबाट कुनै प्रतिक्रिया आएको छैन भने हमासले पनि कुनै ठोस प्रमाण पेस गरेको छैन ।
हमासले अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायलमा आक्रमण गरेको थियो । त्यस क्रममा २ सय ५३ जना मानिसहरूलाई बन्धक बनाएको थियो। इजरायलका अनुसार हमासको यो हमलामा आफ्ना १२ सय मानिस मारिएका छन् ।
जवाफमा इजरायलले गाजामा सैन्य कारबाही जारी राखेको छ । उसले हमासको ठेगानाहरूमा ठुलो मात्रामा बमबारी गरिरहेको छ। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणका कारण गाजामा हालसम्म ३० हजार प्यालेस्टिनी नागरिक मारिएको दाबी गरेको छ ।
यसअघि नोभेम्बरमा हमासले अस्थायी युद्धविराम सम्झौता अन्तर्गत १०५ जना बन्धकहरूलाई रिहा गरेको थियो। बदलामा २४० जना प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिएको थियो।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण