खराब प्रदर्शनमा पनि प्रशिक्षक मोन्टीबाट साथ मिल्यो : प्रतिश जिसी
काठमाडौँ । नेदरल्याण्ड्ससँगको जितपछि नेपालका प्रतिश जिसीले आफ्नो खराब प्रदर्शनको अवस्थामा पनि प्रशिक्षक मोन्टी देसाई र टिमले आफूलाई विश्वास गरेको प्रतिक्रिया दिएका छन् । शनिबार प्रतिशले नेदरल्याण्ड्सविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा एक मेडनसहित तीन विकेट लिँदा १३ रन मात्र खर्चिए । उनको यो प्रदर्शन म्यान अफ दी म्याचका लागि योग्य बन्यो ।
खेलपछिको पत्रकार सम्मेलनमा प्रतिशले गत बुधबार नेपाल नेदरल्याण्ड्ससँग दुई रनले पराजित हुँदाको क्षण स्मरण गरे । अन्तिम दुई बलमा तीन रन आवश्यक हुँदा प्रतिशले एक रन मात्र बनाउन सकेपछि नेपालले साँघुरो हार सामना गर्नुपरेको थियो । आफूमा ब्याटिङ गर्ने क्षमता हुँदा पनि असफल भएको उल्लेख गर्दै प्रतिशले त्यस्तो अवस्थामा प्रशिक्षक मोन्टीबाट साथ मिलेको बताए।
खराब प्रदर्शनको अवस्थामा टिमले आफूलाई बेन्चमा नै सीमित गरेको भए आफ्नो मनोबल पनि खस्कँदै जाने अवस्था हुने उनको भनाइ छ । आज आफ्नो योजनाअनुरूप बलिङ गर्नसक्दा सफलता मिलेको प्रतिशको धारणा छ । उनीसँगै नेपाली बलरको उत्कृष्ट प्रदर्शनमा घरेलु टोलीले नेदरल्यान्ड्समाथि ६ विकेटको जित निकाल्यो । नेपालका अलराउण्डर गुल्सन झाले खेलाडीको करियरमा कहिले काहीँ प्रदर्शन तलमाथि हुने उल्लेख गर्दै त्यस्तो अवस्थामा आफ्ना सिनियरबाट हौसला मिल्ने गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण