हुथी विद्रोहीको आक्रमणमा परेको बेलायती जहाज डुब्यो
आइतबार, २० फागुन २०८०, ०९ : ३०
लण्डन । हुथी विद्रोहीको आक्रमणमा परेको दुई हप्तापछि बेलायतमा दर्ता भएको एउटा मालवाहक जहाज एडनको खाडीमा डुबेको छ । यमनको सरकारका अनुसार रुबीमार नाम गरेको जहाजमा बिस्तारै पानी भरिएर डुब्न पुगेको हो ।
प्यालेस्टाइनमा इजरायलले गरेको आक्रमणको विरोधमा लाल सागरमा इरान समर्थित विद्रोहीले मालवाहक जहाजलाई निशाना बनाउँदै आइरहेको छ । विद्रोहीहरूको आक्रमणमा परेर डुबेको रुबीमार पहिलो जहाज हो ।
जहाजले रासायनिक मलहरू बोकेको थियो । विज्ञहरूले जहाज डुब्दा वातावरणमा ठुलो असर पुग्ने चेतावनीसमेत दिएका छन् । एडनको खाडीमा यात्रा गरिरहेका बेला हुथी विद्रोहीले प्रहार गरेका दुईवटा मिसाइल रुबीमारमा लागेको थियो । १० दिनअघि बेलायती सरकारले जहाजमा पानी भरिन थालेको र त्यहाँ सवार २४ जना चालक दलका सदस्यलाई उद्धार गरिएको जानकारी दिएको थियो ।
–बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण