शालिन मृत्यु प्रकरणको निष्पक्ष छानबिनको माग राख्दै नेविसंघको प्रदर्शन
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृसंस्था नेविसंघले शालिन पोखरेल मृत्यु प्रकरणलाई लिएर प्रदर्शन गरेको छ । आइतबार नेविसंघले काठमाडौँको नयाँबानेश्वर र त्रिचन्द्र कलेज अगाडि विरोध प्रदर्शन गरेको हो ।
चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल शङ्कास्पद रूपमा मृत फेला परेकी थिइन् । घटना अनुसन्धानका लागि प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । शालिनका परिवारले बलात्कारपछि हत्या गरिएको आरोप लगाए पनि पोस्टमार्टम रिपोर्टमा बलात्कार नभएको देखिएको छ ।
शालिन मृत्युको घटनामाथि निष्पक्ष छानबिनको मार्दै नेविसंघले विरोध प्रदर्शन गरेको थियो । शालिनको मृत्युको घटनाप्रति ध्यानाकर्षण गर्न र न्यायपूर्ण समाज निर्माण गर्न प्रदर्शन गरिएको नेविसंघ काठमाडौँका अध्यक्ष अंशुल केसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण