बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

शालिन मृत्यु प्रकरणको निष्पक्ष छानबिनको माग राख्दै नेविसंघको प्रदर्शन

आइतबार, २० फागुन २०८०, १४ : ३६
आइतबार, २० फागुन २०८०

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृसंस्था नेविसंघले शालिन पोखरेल मृत्यु प्रकरणलाई लिएर प्रदर्शन गरेको छ । आइतबार नेविसंघले काठमाडौँको नयाँबानेश्वर र त्रिचन्द्र कलेज अगाडि विरोध प्रदर्शन गरेको हो ।

चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल शङ्कास्पद रूपमा मृत फेला परेकी थिइन् । घटना अनुसन्धानका लागि प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । शालिनका परिवारले बलात्कारपछि हत्या गरिएको आरोप लगाए पनि पोस्टमार्टम रिपोर्टमा बलात्कार नभएको देखिएको छ ।

शालिन मृत्युको घटनामाथि निष्पक्ष छानबिनको मार्दै नेविसंघले विरोध प्रदर्शन गरेको थियो । शालिनको मृत्युको घटनाप्रति ध्यानाकर्षण गर्न र न्यायपूर्ण समाज निर्माण गर्न प्रदर्शन गरिएको नेविसंघ काठमाडौँका अध्यक्ष अंशुल केसीले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप