शालिन मृत्यु प्रकरणमा अजिरकोट गाउँपालिकाले भन्यो–घटनालाई अतिरञ्जित नगरौँ
आइतबार, २० फागुन २०८०, १४ : ४८
काठमाडौँ । शालिन पोखरेलको मृत्यु सम्बन्धी घटनामा गोरखाको अजरिकोट गाउँपालिकाले अतिरञ्जित गराउने खालका पोष्ट नगर्न र सामाजिक सद्भाव कायम गर्न सवैमा अपिल गरेको छ ।
आइतबार एक विज्ञप्ति जारी गर्दै पालिकाले उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही र पीडित परिवारलाई न्यायको लागि पहलकदमी लिन प्रतिबद्ध रहेको जनाएको हो । साथै यो गम्भीर विषयमा सम्बन्धित निकायलाई निष्पक्ष ढंगले अनुसन्धानको लागि पनि गाउँपालिकाले अनुरोध गरेको छ ।
अजिरकोट गाउँपालिका स्थायी ठेगाना भएकी १४ वर्षीय बालिका शालिन पोखरेल गत फागुन १२ गते चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १० मा रहेको एकता शिशु निकेतन बोर्डिङको होस्टेलमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । उनको झुण्डिएर मृत्यु भएको पोस्टमार्टम रिपोर्ट आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण