कानुन समितिको बैठक
द्वन्द्वकालमा गम्भीर यौनजन्य हिंसाका पीडितलाई ३ महिनाभित्र उजुरी गर्ने व्यवस्था प्रस्ताव
आइतबार, २० फागुन २०८०, १५ : २५
काठमाडौँ । सशस्त्र द्वन्द्वकालमा गम्भीर यौनजन्य हिंसाका पीडितलाई ३ महिनाभित्र उजुरी गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । आइतबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सरकारले विधेयकमा थप प्रस्तावको रूपमा सो व्यवस्था अघि सारेको हो ।
द्वन्द्वकालमा बलात्कारमा परेका तर हालसम्म उजुरी गर्न नसकेकाहरूले मनासिब कारणसहित ऐन जारी भएको ३ महिनाभित्र उजुरी गर्न पाउने व्यवस्था राख्न कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले प्रस्ताव गरेका हुन् । सो प्रस्तावमाथि बैठकमा बोल्ने अधिकांश सांसदले सहमति जनाएका छन् ।
यस्तै मानव अधिकार उल्लंघनका घटनामा दुई पक्षबिच मेलमिलाप नभएमा अदालती प्रक्रियामा जाने व्यवस्था गर्ने विषयमा पनि सांसदहरू सहमत भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण