टीआरसी अघि बढाउन कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक
काठमाडाैँ । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक निर्धारित समयभन्दा झन्डै साढे दुई घण्टा ढिला गरी सुरु भएको छ । बिहान ११ बजेका बोलाइएको बैठक दिउँसो साढे १ बजे मात्र सुरु भएको हो । बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकमाथि छलफल गर्ने तयारी छ ।
विधेयकमा सहमति जुटाउन आजै आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान प्रमुख प्रतिपक्ष दल (नेकपा (एमाले)का नेता केपी शर्मा ओली। सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए ।
उक्त भेटमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढाउन प्रधानमन्त्रीले नेताहरूसँग सहमति मागेका थिए । त्यसक्रममा एमाले अध्यक्ष ओलीले विधेयक अघि बढाउने सहमति दिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । एमाले प्रमुख सचेतक पदम गिरीले सहमतिबाटै विधेयक अघि बढाउने सहमति भएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण