कर्णाली प्रदेश सभा बैठक आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस
आइतबार, २० फागुन २०८०, १६ : ०८

सुर्खेत । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो बैठक आह्वानका लागि प्रदेश प्रमुख तिलक परियारसमक्ष सिफारिस भएको छ ।
शुक्रवार बेलुकी बसेको मन्त्रिपरिषद्को बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा (१ ) बमोजिम फागुन ३० गते बुधवार दिउँसो ३ बजे आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको हो । प्रदेश प्रमुखबाट आह्वान हुन भने बाँकी छ ।
यसअघि प्रदेश सभाको दोस्रो अधिवेशन ३९ औँ बैठक बसेर असोज २२ गते अन्त्य गरिएको थियो ।
नेकपा एमालेले एक महिनाअघि नै संसद् खुलाउन माग गरेको थियो । यस्तै नेपाली कांग्रेसले पनि चाँडो संसद् बोलाउनुपर्ने कुरा राखिरहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा युवतीमाथि गोली प्रहार
-
पशुपतिनाथको मन्दिर कहिले बनेको थियो ?
-
बद्रीनारायण धाममा हुन लागेको प्राण प्रतिष्ठाको प्रचारको लागि सितापालादेखि वाकाथन (तस्बिरहरू)
-
तीनकुनेमा हिंसा भड्काएको आरोपमा सन्तोष सिलवाल पक्राउ
-
मुलपानीमा वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल प्रभावित (तस्बिरहरू)
-
रामकुमारी झाँक्रीद्वारा शिक्षक आन्दोलनको कडा आलोचना, भनिन्–ऐन सडकबाट पास हुने हो ?