सूर्य नेपाल च्यालेन्ज सोमवारदेखि
काठमाडौँ । सूर्य नेपाल गल्फ टुर–२०२३/२४ अन्तर्गतको पाँचौं प्रतियोगिता ‘सूर्य नेपाल च्यालेन्ज’ सोमबारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरू हुने भएको छ ।
चार दिनसम्म चल्ने ७२ होलको प्रतियोगितामा ३१ प्रोफेसनल र ११ एमेच्योर खेलाडीले सहभागिता जनाउने जानकारी प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालका महासचिव दीपक आचार्यले दिए ।
३६ होलको समाप्तिपछि कट लागु हुनेछ । त्यसपछि उत्कृष्ट २१ खेलाडीले तेस्रो र चौथो दिनको खेलमा स्थान सुरक्षित गर्नेछन् । एमेच्योर खेलाडीको हकमा पनि कट बनाउन उत्कृष्ट २१ भित्र पर्नुपर्ने हुन्छ ।
कुल पाँच लाख ७२ हजार दुई सय ५० रुपैयाँ नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो र तेस्रो हुनेले क्रमशः ६७ हजार र ४८ हजार रुपैयाँ हात पार्नेछन् ।
यसैगरी चौथो हुने खेलाडीलाई ४० हजार र पाँचौ हुने खेलाडीलाई ३६ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । कट बनाउने २१ जना प्रोफेसनल गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगितालाई प्रतिस्पर्धामक बनाउन रोयल नेपाल गल्फ क्लबको कोर्सलाई पनि केही अप्ठयारो बनाइएको जानकारी महासचिव आचार्यले दिएका छन् ।
तीनवटा रेकर्डसहित सूर्य नेपाल वेस्टर्न ओपन जितेका भुवन नगरकोटी यो प्रतियोगिताको प्रमुख दाबेदार हुन् । यो सिजनको सुरूआत सानदार गरेका दिनेश प्रजापतिसँगै रवि खड्का र जयराम श्रेष्ठले पनि उत्कृष्ट प्रदर्शन गर्ने अनुमान गरिएको छ ।
प्रोफेसनल गल्फरलाई युवा एमेच्योर तथा साविक विजेता सदभाव आचार्यले कडा चुनौती दिने अनुमान गरिएको छ । गत सिजन सबैभन्दा कम उमेरमा सूर्य नेपाल च्यालेन्ज जितेर इतिहास बनाएका सदभाव अहिले पनि उच्च फर्ममा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण