शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सूर्य नेपाल च्यालेन्ज सोमवारदेखि

आइतबार, २० फागुन २०८०, १६ : १५
आइतबार, २० फागुन २०८०

काठमाडौँ । सूर्य नेपाल गल्फ टुर–२०२३/२४ अन्तर्गतको पाँचौं प्रतियोगिता ‘सूर्य नेपाल च्यालेन्ज’ सोमबारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरू हुने भएको छ ।

चार दिनसम्म चल्ने ७२ होलको प्रतियोगितामा ३१ प्रोफेसनल र ११ एमेच्योर खेलाडीले सहभागिता जनाउने जानकारी प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालका महासचिव दीपक आचार्यले दिए ।

३६ होलको समाप्तिपछि कट लागु हुनेछ । त्यसपछि उत्कृष्ट २१ खेलाडीले तेस्रो र चौथो दिनको खेलमा स्थान सुरक्षित गर्नेछन् । एमेच्योर खेलाडीको हकमा पनि कट बनाउन उत्कृष्ट २१ भित्र पर्नुपर्ने हुन्छ ।

कुल पाँच लाख ७२ हजार दुई सय ५० रुपैयाँ नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो र तेस्रो हुनेले क्रमशः ६७ हजार र ४८ हजार रुपैयाँ हात पार्नेछन् ।

यसैगरी चौथो हुने खेलाडीलाई ४० हजार र पाँचौ हुने खेलाडीलाई ३६ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । कट बनाउने २१ जना प्रोफेसनल गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितालाई प्रतिस्पर्धामक बनाउन रोयल नेपाल गल्फ क्लबको कोर्सलाई पनि केही अप्ठयारो बनाइएको जानकारी महासचिव आचार्यले दिएका छन् ।

तीनवटा रेकर्डसहित सूर्य नेपाल वेस्टर्न ओपन जितेका भुवन नगरकोटी यो प्रतियोगिताको प्रमुख दाबेदार हुन् । यो सिजनको सुरूआत सानदार गरेका दिनेश प्रजापतिसँगै रवि खड्का र जयराम श्रेष्ठले पनि उत्कृष्ट प्रदर्शन गर्ने अनुमान गरिएको छ ।

प्रोफेसनल गल्फरलाई युवा एमेच्योर तथा साविक विजेता सदभाव आचार्यले कडा चुनौती दिने अनुमान गरिएको छ । गत सिजन सबैभन्दा कम उमेरमा सूर्य नेपाल च्यालेन्ज जितेर इतिहास बनाएका सदभाव अहिले पनि उच्च फर्ममा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप