बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

शालिन मृत्यु प्रकरण : निष्पक्ष छानबिनको माग गर्दै अस्पताल अगाडि प्रदर्शन

आइतबार, २० फागुन २०८०, १६ : १६
आइतबार, २० फागुन २०८०

काठमाडौँ ।  चितवनको शिशु निकेतन स्कुलको छात्रावासमा मृत फेला परेकी शालिन पोखरेलका आफन्तले आइतबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अगाडि विरोध प्रदर्शन गरेका छन्  । 

salin protest (2)

उनीहरूले अस्पताल र होस्टेलविरुद्ध नारा जुलुस गरेका थिए । उनीहरू जबरजस्ती अस्पताल छिर्न खोजेपछि केही समय प्रहरीसँग धकेलाधकेल पनि भएको थियो ।  केही प्रदर्शनकारी लाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ ।

salin protest (7)

चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको पोखरेल मृत फेला परेकी थिइन् । घटना अनुसन्धानका लागि प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । शालिनका परिवारले बलात्कारपछि हत्या गरिएको आरोप लगाए पनि पोस्टमार्टम रिपोर्टमा बलात्कार नभएको देखिएको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

salin protest (1)salin protest (3)salin protest (4)salin protest (5)salin protest (8)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप