आबुधावी घोषणापत्र जारी गर्दै सकियो विश्व व्यापार सम्मेलनको मन्त्रीस्तरीय सम्मेलन
काठमाडौँ । विश्व व्यापार संगठनको तेह्रौँ मन्त्रीस्तरीय सम्मेलन ‘आबुधावी घोषणापत्र’ जारी गर्दै सम्पन्न भएको छ । उक्त सम्मेलनमा नेपालको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाएको थियो ।
उक्त सम्मेलनमा नेपालले अतिकम विकसित मुलुकका प्राथमिकता, व्यापार र समावेशिता, इ–कमर्स, विश्व व्यापार संगठनको विवाद समाधान संयन्त्र लगायतका विषयमा कुरा उठाएका थिए । यस्तै, व्यापार तथा विकास, अतिकम विकसित मुलुकको हितका विषय, कृषि सुधार, अतिकम विकसित मुलुकबाट स्तरोन्नति सम्बन्धी प्रस्तावका सम्बन्धमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
अतिकम विकसित मुलुकका तर्फबाट प्रस्तुत भएको स्तरोन्नति सम्बन्धी प्रस्तावमा सदस्य मुलुकहरूबिचमा सहमति जुटेको मन्त्रालयले जनाएको छ । फलस्वरुप स्तरोन्नति भएका मुलुकलाई संक्रमणकालिन अवधिमा प्राप्त हुनेछ । त्यसैगरी स्तरोन्नतिपछि तीन वर्षसम्म क्षमता अभिवृद्धि सम्बन्धी सुविधाहरूको निरन्तरताको विषयमा छलफल भएको मन्त्री रमेश रिजालले जानकारी दिए ।
साथै, अतिकम विकसित मुलुकबाट स्तरोन्नति भएका मुलुकको सम्बन्धमा कुनै पनि उजुरी भएमा विवाद समाधान संयन्त्रमा यथोचित संयमता अपनाइने समझदारी भएको छ । सम्मेलनमा नेपालसहित चीन, अष्ट्रिया, साउदी अरेबिया, मोरक्को, बंगलादेशका वाणिज्य मन्त्री, संयुक्त राज्य अमेरिकाका व्यापार प्रतिनिधि, भारतका वाणिज्य सचिव लगायतको उपस्थिति थियो । यी सबै मुलुकका प्रतिनिधिसँग नेपालले द्विपक्षीय व्यापारको विषयमा छलफल गरेको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण