उत्तरी बुर्किना फासो आक्रमणमा १७० जनाको मृत्यु
आइतबार, २० फागुन २०८०, २० : ५४

उगादुगुउ । उत्तरी बुर्किना फासोका विभिन्न गाउँहरूमा भएको आक्रमणमा परी १७० जनाको मृत्यु भएको छ । क्षेत्रीय सरकारी वकिलले जनाए अनुसार गत फेब्रुअरी २५ मा बुर्किना फासोका विभिन्न क्षेत्र, उत्तरी क्षेत्र, याटेंगा प्रान्तको कोम्सिलगा, नोडिन र सोरो लगायतका गाउँहरूमा आक्रमण भएको छ ।
ती आक्रमणमा परी १७० जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् । त्यसैगरी आक्रमणबाट महत्त्वपूर्ण भौतिक सम्पत्तिको क्षति भएको बताइएको छ ।
फेब्रुअरी २५ मा पनि उत्तरी बुर्किना फासोको क्याथोलिक चर्चमा आक्रमण हुँदा कम्तीमा १५ जना उपासकको मृत्यु भएको थियो भने पूर्वी बुर्किना फासोको एउटा मस्जिदमा भएको आक्रमणमा थुप्रै मुस्लिम उपासकहरू मारिएका थिए । - (रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेश सर्वदलीय बैठकमा जुटेन सहमति, प्रतिपक्षले प्रदेशसभा चल्न नदिने
-
एरिका र राजन उत्कृष्ट खेलाडी, बस्नेत र मानन्धरलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड
-
सङ्ग्रहालय स्थानीय सरकारलाई हस्तान्तरण गरिए व्यवस्थापनमा थप सहज हुनेछ : महानगर प्रमुख महर्जन
-
कपिलवस्तुमा अवैध उत्खनन् रोक्न माग गर्दै जनमोर्चाले बुझायो ज्ञापनपत्र
-
अनामनगरबाट १० जना जुवाडे पक्राउ
-
हुम्लाको लिमी उपत्यकाको तील गाउँ हिम पहिरोको उच्च जोखिममा, तस्बिरमा हेर्नुहोस्