उत्तरी बुर्किना फासो आक्रमणमा १७० जनाको मृत्यु
आइतबार, २० फागुन २०८०, २० : ५४
उगादुगुउ । उत्तरी बुर्किना फासोका विभिन्न गाउँहरूमा भएको आक्रमणमा परी १७० जनाको मृत्यु भएको छ । क्षेत्रीय सरकारी वकिलले जनाए अनुसार गत फेब्रुअरी २५ मा बुर्किना फासोका विभिन्न क्षेत्र, उत्तरी क्षेत्र, याटेंगा प्रान्तको कोम्सिलगा, नोडिन र सोरो लगायतका गाउँहरूमा आक्रमण भएको छ ।
ती आक्रमणमा परी १७० जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् । त्यसैगरी आक्रमणबाट महत्त्वपूर्ण भौतिक सम्पत्तिको क्षति भएको बताइएको छ ।
फेब्रुअरी २५ मा पनि उत्तरी बुर्किना फासोको क्याथोलिक चर्चमा आक्रमण हुँदा कम्तीमा १५ जना उपासकको मृत्यु भएको थियो भने पूर्वी बुर्किना फासोको एउटा मस्जिदमा भएको आक्रमणमा थुप्रै मुस्लिम उपासकहरू मारिएका थिए । - (रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण