आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

माओवादी पदाधिकारी बैठक बस्दै

सोमबार, २१ फागुन २०८०, ०८ : ४८
सोमबार, २१ फागुन २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बिहान बस्ने भएको छ । बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

सचिव दीनानाथ शर्माका अनुसार बैठकमा विकसित राजनीतिक घटनाक्रम बारे छलफल हुनेछ । सङ्क्रमणकालीन न्याय र राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको सन्दर्भमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र रास्वपालगायतका दलहरूबिच मिलेर जाने सहमति भएको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार मध्यरातसम्म चलेको बैठकमा मिलेर जाने विषयमा सहमति भएको हो । 

सहमतिसँगै राजनीति नयाँ कोर्समा अघि बढ्ने संकेत देखिएको छ । यसैबिच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि बालुवाटार पुगेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप