टाटासुमोले ठक्कर दिँदा दुई जनाको मृत्यु, एकजना घाइते
जलेश्वर । महोत्तरीको मटिहानी जनकपुर सडकखण्डमा भारतीय टाटासुमोले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा महोत्तरी पिपरा गाउँपालिका–५ का ६० वर्षीय अकवर राइन र धनुषा क्षिरेश्वरनाथ नगरपालिका–१ का ६० वर्षीय राजकिशोर यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।
जनकपुरतिरबाट मटिहानीतिर गइरहेको बीआर ०६ पीडी ३३३० नम्बरको टाटासुमोले गएराति पिपरा–१ स्थित सडकखण्डमा पिपराबाट मटिहानतिर जाँदै गरेको मधेश प्रदेश ०१ त ३००९ नम्बरको ट्र्याक्टरलाई ठक्कर दिएको थियो । ठक्करबाट ट्र्याक्टरमा पछाडि बसेका राइनको मृत्यु भएको थियो भने सोही क्रममा टाटासुमोले विपरित दिशाबाट साइकलमा आउँदै गरेको यावदलाई ठक्कर दिएको थियो ।
सोही टाटासुमोको ठक्करबाट ट्र्याक्टरमा सवार पिपरा–५ का ६० वर्षीय झप्सी कवाडी गम्भीर घाइते भएका थिए । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको जनाइएको छ । टाटासुमो पनि मटिहानी –४ स्थित सडक छेउमा पल्टिएर दुर्घटना भएको र चालक फरार रहेका बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा
-
बङ्गलादेशमा अर्जेन्टिनाको क्रेज : म्याराडोनाको जादुदेखि मेस्सीको मोहसम्म
-
राष्ट्रियसभा बैठक : बाढी पहिरोले अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन माग
-
सम्पत्ति शुद्धीकरण विधेयकमाथि राष्ट्रिय सभामा एमालेको विरोध, अर्थमन्त्री वाग्लेलाई झाँक्रीको चुनौती
-
संसद छलेर अध्यादेश ल्याएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको विरोध, विधेयक समितिमा पठाउन माग
-
महान्यायाधिवक्ता कार्यालयको निर्देशन : जेनजी आन्दोलनका मुद्दाको पेशी स्थगित गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण