भक्तपुरमा स्कुटरसहित युवकको शव फेला
सोमबार, २१ फागुन २०८०, १२ : २५
काठमाडौँ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ स्थित राधेराधेमा युवकको शव भेटिएको छ । हनुमन्ते खोलामा स्कुटरसहित शव भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले रातोपाटीलाई बताए ।
मृतक इलामको इलाम नगरपालिका–३ घर भएर कोटेश्वर बस्ने २६ वर्षीय छत्र थापा हुन् । सोमबार बिहान शवसँगै बा.८६ प ९७३० नम्बरको स्कुटर फेला परेको छ । प्रारम्भिक अनुसन्धानबाट दुर्घटना भएको आकलन गरिएको छ ।
शव पोष्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पतालमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण