भक्तपुरमा स्कुटरसहित युवकको शव फेला
सोमबार, २१ फागुन २०८०, १२ : २५

काठमाडौँ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ स्थित राधेराधेमा युवकको शव भेटिएको छ । हनुमन्ते खोलामा स्कुटरसहित शव भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले रातोपाटीलाई बताए ।
मृतक इलामको इलाम नगरपालिका–३ घर भएर कोटेश्वर बस्ने २६ वर्षीय छत्र थापा हुन् । सोमबार बिहान शवसँगै बा.८६ प ९७३० नम्बरको स्कुटर फेला परेको छ । प्रारम्भिक अनुसन्धानबाट दुर्घटना भएको आकलन गरिएको छ ।
शव पोष्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पतालमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बकर इदले देशको संस्कृति विकासमा थप योगदान गर्नेछ : अध्यक्ष यादव
-
सत्तापक्षकै सांसदहरूद्वारा नीति तथा कार्यक्रममाथि तीव्र आलोचना
-
गर्मी छल्नका लागि उपयुक्त गन्तव्य बन्दै सुनकोसी राफ्टिङ (तस्बिरहरू)
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
अमेरिकामा चार जना नेपाली मृत फेला
-
बकर इदले आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल