शपथको तयारी
शीतल निवास पुग्यो प्रचण्डको पत्र, ५ बजे नयाँ मन्त्रीको शपथ
सोमबार, २१ फागुन २०८०, १४ : ४४
काठमाडौँ । नयाँ मन्त्रीहरूको शपथ पाँच बजे हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ मन्त्रीहरुको शपथ ५ बजे गर्ने गरी राष्ट्रपति कार्यालयलाई पत्र पठाएका हुन् ।
‘पाँच बजे शपथ भनेर प्रधानमन्त्री कार्यालयबाट पत्र राष्ट्रपति कार्यालयमा आइपुगेको छ । सोही अनुसार अपराह्न ५ बजे तयारी भइरहेको छ’, राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले रातोपाटीलाई बताए । उनका अनुसार ३ जना मन्त्रीले शपथ लिने तयारी छ ।
कांग्रेससँगको गठबन्धन तोडिएपछि प्रधानमन्त्री प्रचण्डले एमाले, रास्वपा र जसपालाई समेटेर मन्त्रीमण्डल पुनर्गठन गर्ने भएका छन् । पहिलो चरणमा माओवादीबाट हितबहादुर तामाङ, एमालेबाट संसदीय दलका प्रमुख सचेतक समेत रहेका पदम गिरी र रास्वपाका उपाध्यक्ष समेत रहेका डोलप्रसाद अर्याल मन्त्रीका रूपमा सरकारमा जाने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण