शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
शपथको तयारी

शीतल निवास पुग्यो प्रचण्डको पत्र, ५ बजे नयाँ मन्त्रीको शपथ

सोमबार, २१ फागुन २०८०, १४ : ४४
सोमबार, २१ फागुन २०८०

काठमाडौँ । नयाँ मन्त्रीहरूको शपथ पाँच बजे हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ मन्त्रीहरुको शपथ ५ बजे गर्ने गरी राष्ट्रपति कार्यालयलाई पत्र पठाएका हुन् । 

‘पाँच बजे शपथ भनेर प्रधानमन्त्री कार्यालयबाट पत्र राष्ट्रपति कार्यालयमा आइपुगेको छ । सोही अनुसार अपराह्न ५ बजे तयारी भइरहेको छ’, राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले रातोपाटीलाई बताए । उनका अनुसार ३ जना मन्त्रीले शपथ लिने तयारी छ ।

कांग्रेससँगको गठबन्धन तोडिएपछि प्रधानमन्त्री प्रचण्डले एमाले, रास्वपा र जसपालाई समेटेर मन्त्रीमण्डल पुनर्गठन गर्ने भएका छन् । पहिलो चरणमा माओवादीबाट हितबहादुर तामाङ, एमालेबाट संसदीय दलका प्रमुख सचेतक समेत रहेका पदम गिरी र रास्वपाका उपाध्यक्ष समेत रहेका डोलप्रसाद अर्याल मन्त्रीका रूपमा सरकारमा जाने तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप