आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रीहरूको शपथ ग्रहण देउवाद्वारा बहिष्कार

सोमबार, २१ फागुन २०८०, २२ : २७
सोमबार, २१ फागुन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरूको शपथ ग्रहण बहिष्कार गरेका छन् । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहणमा सभापति देउवा अनुपस्थित भएका हुन् । 

पूर्वप्रधानमन्त्रीको हैसियतमा देउवाले शपथ ग्रहणमा जानुपर्ने भएपनि उनी अनुपस्थित देखिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग नयाँ गठबन्धन बनाएपछि देउवा रुष्ट छन् । 

सोमबार बिना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोलप्रसाद अर्यालले शीतल निवासमा शपथ लिएका छन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप