दुई सन्तानकी आमा हुन् सन् २०१८ की सर्वाधिक सुन्दर महिला
हरेक वर्ष झैं यस वर्षपनि पिपल म्यागजिनले वर्षको सर्बाधिक सुन्दर महिलाको नाम घोषणा गरेको छ ।
सन् २०१८ को आफ्नो म्यागजिनको विशेषांक ‘द ब्यूटिफल इश्यू’ का अनुसार सबैभन्दा सुन्दर महिलाको रुपमा ‘एलिसा बर्थ मोरे’ उर्फ पिंकलाई चुनिएको छ । एलिसा पेशाले एक गायिका हुन् ।
उनका १५ महिनाका छोरा जेमिसन मून र ६ वर्षीया छोरी विलो सेगसँगको फोटो पिपल म्यागजिनले आफ्नो कभर पेजमा राखेको छ ।
पिपल म्यागजिनका प्रमुख सम्पादक जेस केगलले एलिसालाई छान्नुका कारण बताए । उनले भने, ‘उनी एक इमान्दार महिला हुन् । यसका साथै उनी एक आमा, एक प्रस्तोता र रोल मोडल पनि हुन् ।’
‘उनी निकै आकर्षक, प्यारी र सही रुपमा इन्टरटेनर हुन् ।’ उनले थपे, ‘यो अवार्ड संसारका सबै प्रकारका रुप रंग भएका मानिसहरुका लागि थियो । अवार्डका लागि यस्तो व्यक्तिको खोजी भइरहेको थियो जो प्रभावशाली हुनुका साथै जसभित्र कला छ र मानवताको सिद्धान्तलाई सम्मान गरोस् ।’
Grammy Winner @Pink Graces the Cover of PEOPLE's Beautiful Issue with Her Two Kids https://t.co/9ql3EJkgS0 #TheBeautifulIssue pic.twitter.com/liHaL7sBa7
— People (@people) April 18, 2018
स्मरण रहोस्, एलिसा (पिंक) लाई ७० सुन्दर महिलाको सूचीको शीर्ष स्थानमा राखिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुधन गुरुङ गृहमा फर्किए, तर छानबिन प्रतिवेदन गुपचुप राखियो
-
रास्वपा कर्णाली अधिवेशन : उपसभापतिसहित पदाधिकारी र सदस्य चयन
-
जी–७ सम्मेलनमा सहभागी नेताहरूको अनौपचारिक कुराकानी बाहिरियो, कस्ता विषयमा कुरा गरे ?
-
रास्वपाका प्रतिनिधिले पार्टीलाई ५ हजार शुल्क तिर्नुपर्ने, महँगो भएको गुनासो
-
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन
-
एमाजनलाई उछिनेर विश्वको पाँचौं मूल्यवान कम्पनी बन्यो स्पेसएक्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण