गठबन्धन बैठक छाडेर प्रचण्ड माधव नेपाल फकाउन कोटेश्वरमा
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर गएका छन् ।
बालुवाटारमा नवगठबन्धनको बैठक चलिरहँदा प्रचण्ड बालुवाटारबाट एक्लै निस्केका हुन् । स्रोतका अनुसार प्रचण्ड अध्यक्ष नेपाललाई नयाँ गठबन्धनमा सामेल गर्ने योजनाअनुसार कोटेश्वरतर्फ लागेका हुन् । बालुवाटार स्रोतका अनुसार प्रचण्ड एकैछिन बिरामी भेटेर आउँछु भनेर निस्केका हुन् ।
मन्त्रीहरुको शपथ ग्रहणपछि बालुवाटारमा गठबन्धनको बैठक बसिरहेको छ । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, जसपा अध्यक्ष उपेन्द्र यादव, एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, वर्षमान पुन लगायत छन् ।
प्रचण्ड माधव नेपाललाई पनि नयाँ गठबन्धनमा सामेल गराउन चाहन्छन् । यसअघि प्रचण्डलाई प्रधानमन्त्री बनाउन भूमिका खेलेका नेपाल नयाँ समीकरण बन्दा आफूहरूलाई थाहा नदिएको भन्दै बेखुस छन् । एमाले माओवादी नयाँ गठबन्धन वामपन्थी एकताको प्रयास समेत भनिएकाले अध्यक्ष नेपाललाई पनि सँगै लैजानुपर्ने मत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण