आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

गठबन्धन बैठक छाडेर प्रचण्ड माधव नेपाल फकाउन कोटेश्वरमा

सोमबार, २१ फागुन २०८०, १९ : ४८
सोमबार, २१ फागुन २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर गएका छन् । 

बालुवाटारमा नवगठबन्धनको बैठक चलिरहँदा प्रचण्ड बालुवाटारबाट एक्लै निस्केका हुन् । स्रोतका अनुसार प्रचण्ड अध्यक्ष नेपाललाई नयाँ गठबन्धनमा सामेल गर्ने योजनाअनुसार कोटेश्वरतर्फ लागेका हुन् । बालुवाटार स्रोतका अनुसार प्रचण्ड एकैछिन बिरामी भेटेर आउँछु भनेर निस्केका हुन् । 

मन्त्रीहरुको शपथ ग्रहणपछि बालुवाटारमा गठबन्धनको बैठक बसिरहेको छ । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, जसपा अध्यक्ष उपेन्द्र यादव, एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, वर्षमान पुन लगायत छन् ।

प्रचण्ड माधव नेपाललाई पनि नयाँ गठबन्धनमा सामेल गराउन चाहन्छन् । यसअघि प्रचण्डलाई प्रधानमन्त्री बनाउन भूमिका खेलेका नेपाल नयाँ समीकरण बन्दा आफूहरूलाई थाहा नदिएको भन्दै बेखुस छन् । एमाले माओवादी नयाँ गठबन्धन वामपन्थी एकताको प्रयास समेत भनिएकाले अध्यक्ष नेपाललाई पनि सँगै लैजानुपर्ने मत छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप