शालिन मृत्यु प्रकरण : आयोगद्वारा अनुसन्धान सुरु
काठमाडौँ । छात्रावासमा मृत फेला परेकी शालिन पोखरेलको मृत्यु प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो अनुसन्धान सुरु गरेको छ । चितवनको रत्ननगर नगरपालिका – १० टाँडीस्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत शालिन पोखरेल फागुन १२ गते सोही विद्यालयको छात्रावासमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार घटनाको प्रहरी अनुसन्धानबारे आयोगले जानकारी लिइरहेको छ । यसै सन्दर्भमा घटनाको सत्यतथ्य विवरण उपलब्ध गराउन एकता शिशु निकेतन बोर्डिङ स्कूल र शव परीक्षण प्रतिवेदन उपलब्ध गराउन त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, फरेन्सिक मेडिसिन विभाग, महाराजगञ्जलाई पत्राचार गरी घटनाबारे अनुसन्धान प्रारम्भ गरेको छ ।
घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुन बमोजिम कारबाही गर्न आयोगले नेपाल सरकारलाई आग्रह गरेको छ । साथै, अनुसन्धान प्रभावित हुने कुनै पनि गतिविधि नगर्न आयोग सम्बन्धित सबैलाई अनुरोध पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण