शालिन मृत्यु प्रकरण : आयोगद्वारा अनुसन्धान सुरु

काठमाडौँ । छात्रावासमा मृत फेला परेकी शालिन पोखरेलको मृत्यु प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो अनुसन्धान सुरु गरेको छ । चितवनको रत्ननगर नगरपालिका – १० टाँडीस्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत शालिन पोखरेल फागुन १२ गते सोही विद्यालयको छात्रावासमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार घटनाको प्रहरी अनुसन्धानबारे आयोगले जानकारी लिइरहेको छ । यसै सन्दर्भमा घटनाको सत्यतथ्य विवरण उपलब्ध गराउन एकता शिशु निकेतन बोर्डिङ स्कूल र शव परीक्षण प्रतिवेदन उपलब्ध गराउन त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, फरेन्सिक मेडिसिन विभाग, महाराजगञ्जलाई पत्राचार गरी घटनाबारे अनुसन्धान प्रारम्भ गरेको छ ।
घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुन बमोजिम कारबाही गर्न आयोगले नेपाल सरकारलाई आग्रह गरेको छ । साथै, अनुसन्धान प्रभावित हुने कुनै पनि गतिविधि नगर्न आयोग सम्बन्धित सबैलाई अनुरोध पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश