सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

फ्रान्समा संवैधानिक अधिकार बन्यो गर्भपतन

मङ्गलबार, २२ फागुन २०८०, १० : २५
मङ्गलबार, २२ फागुन २०८०

पेरिस । फ्रान्सले गर्भपतनलाई संवैधानिक अधिकार बनाएको छ । गर्भपतनको अधिकारलाई संविधानमा समावेश गर्ने फ्रान्स विश्वको पहिलो देश बनेको छ । महिलालाई गर्भपतनको स्वतन्त्रता सुनिश्चित गर्न त्यहाँको संसदमा सन् १९५८ को संविधान संसोधन गर्ने पक्षमा मतदान भएको थियो । मतदानमा संसोधनको पक्षमा ७८०  मत खसेको थियो भने विपक्षमा ७२ मात्रै मत झरेको थियो ।

राष्ट्रपति इमानुएल म्याक्रोँले यसलाई फ्रान्सका लागि गौरवको विषय बताएका छन् । उनले यो संविधान संशोधनले विश्वलाई सन्देश दिने बताएका छन् । तर गर्भपतन विरोधी संगठनहरूले सरकारको यो कदमको विरोध गरेका छन् । फ्रान्समा सन् १८७५ देखि नै गर्भपातलाई कानूनी मान्यता दिइएको छ ।

हालै भएका जनमत सर्वेक्षणहरूमा करीब ८५ प्रतिशत जनताहरूले संविधान संसोधन गरेर गर्भपतन गर्ने स्वतन्त्रता राखिनु पर्ने पक्षमा मत दिएका थिए । कयौं देशले आफ्नो संविधानमा सन्तान जन्माउने अधिकारलाई समावेश गरेका छन् । तर गर्भपतनलाई संविधानमै सुनिश्चित गर्ने चाँहि फ्रान्स पहिलो देश हो । फ्रान्सको संविधानमा संसोधन गरिएको यो सन् २००८ यता पहिलो पटक हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप