फ्रान्समा संवैधानिक अधिकार बन्यो गर्भपतन
पेरिस । फ्रान्सले गर्भपतनलाई संवैधानिक अधिकार बनाएको छ । गर्भपतनको अधिकारलाई संविधानमा समावेश गर्ने फ्रान्स विश्वको पहिलो देश बनेको छ । महिलालाई गर्भपतनको स्वतन्त्रता सुनिश्चित गर्न त्यहाँको संसदमा सन् १९५८ को संविधान संसोधन गर्ने पक्षमा मतदान भएको थियो । मतदानमा संसोधनको पक्षमा ७८० मत खसेको थियो भने विपक्षमा ७२ मात्रै मत झरेको थियो ।
राष्ट्रपति इमानुएल म्याक्रोँले यसलाई फ्रान्सका लागि गौरवको विषय बताएका छन् । उनले यो संविधान संशोधनले विश्वलाई सन्देश दिने बताएका छन् । तर गर्भपतन विरोधी संगठनहरूले सरकारको यो कदमको विरोध गरेका छन् । फ्रान्समा सन् १८७५ देखि नै गर्भपातलाई कानूनी मान्यता दिइएको छ ।
हालै भएका जनमत सर्वेक्षणहरूमा करीब ८५ प्रतिशत जनताहरूले संविधान संसोधन गरेर गर्भपतन गर्ने स्वतन्त्रता राखिनु पर्ने पक्षमा मत दिएका थिए । कयौं देशले आफ्नो संविधानमा सन्तान जन्माउने अधिकारलाई समावेश गरेका छन् । तर गर्भपतनलाई संविधानमै सुनिश्चित गर्ने चाँहि फ्रान्स पहिलो देश हो । फ्रान्सको संविधानमा संसोधन गरिएको यो सन् २००८ यता पहिलो पटक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण