टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला
दीपेन्द्रका रूपमा नेपालले चौथो विकेट गुमायो
मङ्गलबार, २२ फागुन २०८०, १२ : ३६
काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको नेदरल्यान्ड्सविरुद्धको फाइनल खेलमा नेपालले आफ्नो चौथो विकेट गुमाएको छ । नेपालले चौथो विकेटका रूपमा अनुभवी ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो । उनी तीन बलमा एक रन बनाउँदै पेभेलियन फर्किएका हुन् ।
दीपेन्द्रलाई भान डर गुटेनले एलबीडब्लूको धरापमा पारेका हुन् । गुटेनले लिएको यो दोस्रो विकेट हो । १४.३ ओभरमा दीपेन्द्र आउट हुँदा नेपालले एक सय २८ रन बनाएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण