टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला
आक्रामक ब्याटिङ गरेका कुशल मल्ल २६ रन बनाउँदै पेभेलियन फर्किए
मङ्गलबार, २२ फागुन २०८०, १२ : ५३
काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको नेदरल्यान्ड्सविरुद्धको फाइनल खेलमा नेपालले आफ्नो पाँचौँ विकेट गुमाएको छ । पाँचौँ विकेटका रूपमा नेपालले कुशल मल्ललाई गुमाएको हो । प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका कुशल मल्ल केवल ११ बलमा तीन छक्काको मद्दतले २६ रन बनाउँदै आउट भएका हुन् ।
उनलाई डच बलर साइब्रान्डले विक्रमजित सिंहद्वारा क्याच गराएका हुन् । १७.१ ओभरमा कुशल मल्ल आउट हुँदा नेपालले एक सय ५८ रन बनाएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण