दुर्गम गाउँमा काम गर्नेलाई साढे २ करोड रुपैयाँ तलब
स्टकहोम । स्टकल्यान्डको सुदूरमा रहेको हेब्रिदियन टापुहरू उइष्ट र बेनबेकुलाले टापुमै आएर बस्ने डाक्टरहरूलाई वार्षिक १ लाख ५० हजार पाउन्ड स्टर्लिङ (करिब २ करोड ५२ लाख नेपाली रुपैयाँ) दिने भएको छ । यो टापु नजिकैको एउटा प्राथमिक विद्यालयमा पढ्ने ५ जना र नर्सरीमा पढ्ने २ विद्यार्थीका लागि अभिभावकहरूले नयाँ शिक्षक पनि खोजिरहेका छन् ।
शिक्षकको तलब सुविधा भने वार्षिक ६८ हजार पाउन्ड (सवा १ करोड नेपाली रुपैयाँ) रहेको छ । यी रिक्त पदका लागि कर्मचारी भर्तीमा देखिएको सकस बेलायतका दुर्गम क्षेत्रमा चरम कर्मचारी अभावका केही दृष्टान्त मात्रै हुन् । यी गाउँमा बस्ने बासिन्दाका लागि यो काम मात्रै होइन । नयाँ मान्छे ल्याएर लामो समयसम्म आफूसँगै बसाल्नु पनि हो । यी गाउँहरू अति नै दुर्गम ठाउँमा छन् । यी दुई टापु गाउँको जनसङ्ख्या जम्मा ४ हजार ७०० मात्रै छ ।
तर यी ठाउँमा गएर काम गर्ने मान्छे पाउनै मुस्किल छ । इच्छुकहरुरूलाई आकर्षित गर्न वार्षिक तलब बाहेक बसाई सराई खर्च भनेर अतिरिक्त १० हजार पाउन्ड (१६ लाख ८४ हजार नेपाली रुपैयाँ) पनि दिने घोषणा गरिएको छ । टापुमा आएर काम गर्न विश्वको जुनसुकै कुनाको मान्छेले पनि आवेदन दिन सक्ने बताइएको छ । तर आउने व्यक्ति लामो समयसम्म त्यही बसेर काम गर्छु भन्ने हुनु पर्ने बताइएको छ । यी पदका लागि केहीले इच्छा देखाएका छन् । तर कर्मचारी भर्ती प्रक्रिया अझै पनि जारी भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण