सुदूरपश्चिममा माओवादीका मन्त्री बर्खास्त
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नेकपा माओवादी केन्द्रका मन्त्रीलाई बर्खास्त गरेका छन् । नयाँ राजनीतिक समीकरणअनुसार माओवादी र एमालेसहितको ४ दलीय गठबन्धन बनेपछि मुख्यमन्त्री शाहले माओवादीका २ मन्त्री र १ राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन् ।
मुख्यमन्त्री शाहले उद्योग पयर्टन वन तथा वातावरण मन्त्री रमेश सिंह धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गितादेवी माललाई हटाएका हुन् । आज पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शाहले ती मन्त्रालय आफै मार्फत राखेको जानकारी गराए ।
एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीहरुलाई भने चलाएका छैनन् । सुदूरपश्चिममा नाउपा र नेकपा(एस) को समर्थन कायम भए मुख्यमन्त्री शाहलाई बहुमत पुग्छ । सोही पनि मुख्यमन्त्री शाहले समाजवादी र नाउपाका मन्त्रीहरुलाई हालसम्म नचलाएका हुन् ।
मुख्यमन्त्री शाहको पद पनि धरापमा रहेको छ । नयाँ समीकरणमा नाउपाले समर्थन जनाएको अवस्थामा मुख्यमन्त्री शाहको पद धराप पर्ने निश्चित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
-
झापामा हुरी र वर्षाले केराखेती नष्ट
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण