माओवादी मन्त्रीलाई बर्खास्त गर्दै मुख्यमन्त्रीको फोन, ‘माथि जे भयो यता पनि त्यही भयो’
पोखरा । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बर्खास्त गरेपछि माओवादी तर्फका दुवै मन्त्रीहरूले मन्त्रालय छोडेका छन् । मंगलबार बिहान पाण्डेले उनीहरूलाई हटाएर मन्त्रीमण्डल पुनर्गठनको पत्र प्रदेश प्रमुखलाई पठाएका हुन् ।
सामाजिक विकास मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई पाण्डेले बर्खास्त गरेका हुन् । पाण्डेले मन्त्रीहरूलाई फोन गरेर हटाइएको जानकारी पगराएका थिए ।
‘माथि जे भयो यता पनि त्यही भयो । तपाईंहरुलाई हटायौँ भन्नुभयो,’ जुग्जालीले मुख्यमन्त्रीलाई उद्धृत गर्दै भने, ‘अब उहाँलाई समय भयो भने भेटेर निस्किन्छु । मन्त्रालयबाट चाहिँ निस्किएँ ।’
सामाजिक मन्त्री सिम्खडा पनि मन्त्रालयबाट निस्किने तयारीमा रहेको बताइन् । ‘मन्त्रालयमै एउटा कार्यक्रममा थिएँ । मुख्यमन्त्री ज्यूको फोन आयो,’ उनले भनिन्, ‘अब निस्किन लागिरहेको छु ।’ दुवै जना मन्त्रीले संसदीय दलमा पनि आफू बर्खास्त भएको जानकारी गराइसकेका छन् ।
मन्त्री बर्खास्त गरिसकेपछि अब कसरी अघि बढ्ने भन्ने टुङ्गो माओवादीमा छैन । केन्द्रको निर्देशन नआएका कारण केही समय अलमल भएको दलका नेता हरिबहादुर चुमानले बताए । ‘मन्त्री बर्खास्त भएपछि समर्थन अहिले नै फिर्ता लिए पनि हुने हो । तर माथिबाट के आउँछ हेरौँ,’ उनले भने, ‘कांग्रेसले नै सजिलो बनायो । उनीहरूले नै सुरु गरेपछि हामीलाई सजिलो भयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण