सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला

अविनाश बोहराले लिए नेदरल्यान्ड्सको तेस्रो विकेट

मङ्गलबार, २२ फागुन २०८०, १४ : २७
मङ्गलबार, २२ फागुन २०८०

काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको मंगलबार जारी फाइनल खेलमा नेपालले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले आफ्नो तेस्रो विकेट गुमाएको छ । डच टोलीको तेस्रो विकेट अविनाश बोहराले लिएका हुन् ।

उनले विक्रमजित सिंहलाई कुशल मल्लद्वारा क्याच गराएका हुन् । पेभेलियन फर्किनुअघि बिक्रमजितले २३ बलमा तीन छक्काको मद्दतले २९ रन बनाएका थिए । १५.२ ओभरमा विक्रमजित आउट हुँदा नेदरल्यान्ड्सले एक सय ३४ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप