टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला
दीपेन्द्रले लिए नेदरल्यान्ड्सको चौथो विकेट, रोचक बन्दै प्रतिस्पर्धा
मङ्गलबार, २२ फागुन २०८०, १४ : ३६
काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको मंगलबार जारी फाइनल खेलमा नेपालले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले आफ्नो चौथो विकेट गुमाएको छ । नेदरल्यान्ड्सको चौथो विकेट दीपेन्द्रसिंह ऐरीले लिएका हुन् ।
दीपेन्द्रले डच टोलीका कप्तान स्कट एडवार्डसलाई दुई रनको व्यक्तिगत स्कोरमा अनिल साहद्वारा क्याच गराएका हुन् । १६.१ ओभरमा स्कट आउट हुँदा नेदरल्यान्ड्सले एक सय ४१ रन बनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण