टिकेन नेप्सेको उत्साह, मंगलबार ७० अंकले घट्यो
काठमाडौँ । नयाँ सत्ता समीकरण बनेसँगै सोमबार सेयर बजार परिसूचक नेप्सेमा उत्साह देखिएपनि त्यसले मंगलबार निरन्तरता पाउन सकेन ।
नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से सूचक ७०.३१ अंकले घट्दै २ हजार ७.६९ अंकमा झरेको हो । यसअघि सोमबार नेप्से ११७ अंकले बढ्दै २ हजार ७८ अंकमा उक्लिएको थियो ।
यद्यपि मंगलबार कारोबारमा भने बढ्दै ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार रुपैयाँ बराबरको १ करोड १४ लाख ६७ हजार कित्ता सेयर किनबेच भएको छ । अघिल्लो दिन ११७ अंकले नेप्से बढेको दिन जम्मा ३७ करोडको कारोबार भएको थियो ।
आज म्युचुअल फन्ड बाहेक सबै उपसूचक ऋणात्मक भएका छन् । ठिक उल्टो अघिल्लो दिन म्युचुअल फन्ड मात्र ऋणात्मक हुँदै बाँकी सबै उपसूचक धनात्मक भएका थिए ।
आज हाइड्रोपावर समूहको उपसूचक ४.३० प्रतिशतले घटेको छ भने म्यानु एण्ड प्रो ४.२० प्रतिशतले, होटल तथा पर्यटन समूहको उपसूचक ३.६९ प्रतिशतले, डेभलपमेन्ट बैंक समूह ३.६५ प्रतिशतले, लाइफ इन्स्योरेन्स ३.४९ प्रतिशतले र बैंकिङ समूह ३.०१ प्रतिशतले घटेका छन् । बाँकी समूहको उपसूचक ३ प्रतिशत कमले घटेका छन् ।
यस्तै म्युचुअल फन्डको उपसूचक भने आज ०.६६ प्रतिशतले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण