सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

टिकेन नेप्सेको उत्साह, मंगलबार ७० अंकले घट्यो

मङ्गलबार, २२ फागुन २०८०, १५ : २५
मङ्गलबार, २२ फागुन २०८०

काठमाडौँ । नयाँ सत्ता समीकरण बनेसँगै सोमबार सेयर बजार परिसूचक नेप्सेमा उत्साह देखिएपनि त्यसले मंगलबार निरन्तरता पाउन सकेन ।  

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से सूचक ७०.३१ अंकले घट्दै २ हजार ७.६९ अंकमा झरेको हो । यसअघि सोमबार नेप्से ११७ अंकले बढ्दै २ हजार ७८ अंकमा उक्लिएको थियो । 

यद्यपि मंगलबार कारोबारमा भने बढ्दै ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार रुपैयाँ बराबरको १ करोड १४ लाख ६७ हजार कित्ता सेयर किनबेच भएको छ ।  अघिल्लो दिन ११७ अंकले नेप्से बढेको दिन जम्मा ३७ करोडको कारोबार भएको थियो ।

आज म्युचुअल फन्ड बाहेक सबै उपसूचक ऋणात्मक भएका छन् । ठिक उल्टो अघिल्लो दिन म्युचुअल फन्ड मात्र ऋणात्मक हुँदै बाँकी सबै उपसूचक धनात्मक भएका थिए । 

आज हाइड्रोपावर समूहको उपसूचक ४.३० प्रतिशतले घटेको छ भने म्यानु एण्ड प्रो ४.२० प्रतिशतले, होटल तथा पर्यटन समूहको उपसूचक ३.६९ प्रतिशतले, डेभलपमेन्ट बैंक समूह ३.६५ प्रतिशतले, लाइफ इन्स्योरेन्स ३.४९ प्रतिशतले र बैंकिङ समूह ३.०१ प्रतिशतले घटेका छन् । बाँकी समूहको उपसूचक ३ प्रतिशत कमले घटेका छन् । 

यस्तै म्युचुअल फन्डको उपसूचक भने आज ०.६६ प्रतिशतले बढेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप